Home» Around the World »Weird and Interesting

संसारकै होचोसँग लामो गोडावाली

साँच्ची, संसारकै लामो गोडा भएकी तरुनीको छेउमा संसारकै होचो व्यक्ति उभियो भने कस्तो देखिएला ? तपाइँ पनि त्यस्तो सोच्नु हुन्छ भने आउनुहोस्, बेलायतस्थित गिनिज बुकले तपाइँलाई त्यो अवस्था हेर्ने अवसर जुराएको छ ।

लण्डनको त्राफलगर स्क्वायर मूलतः बिहान बिहान जगिङ गर्नेहरुको भीड लाग्ने गर्छ तर मंगलबार अचम्मैको भीड लाग्यो कारण चाहिँ संसारकै होचा व्यक्तिसँग संसारकै लामा गोडा भएकी तरुनीको भेट जुरेकाले त्यस्तो भएको थियो ।

चीनका हे पिङपिङ अहिले संसारकै होचा व्यक्तिमा गनिन्छन् । २० वर्ष उमेरका उनी मुस्किलले ७.३७ इन्च अग्ला छन् । र, संसारकै सबैभन्दा लामो गोडा भएकी ३६ वर्षीया रसियाली मूलकी स्पेनी स्वेतलाना पान्क्रातोभाको गोडा चाहिँ ५२ इन्च अग्लो छ । ४ फिटभन्दा अग्लो उनको गोडालाई चाहिँ २० वर्षे लक्का जवानले "ज्यादै सुन्दर" देखेछन् ।

यी दुवैको भेटलाई गिनिज बुकले सम्भव तुल्याएको हो । गिनिजले आफ्नो नयाँ विश्व कीर्तिमानको सिरिज निकाल्न यो अवसर जुराएको थियो । यसले आफ्नो वाषिर्क किताब "गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्" बुधबार सार्वजनिक गरिसकेको छ ।

स्वेतलाना अग्ली भएर सुन्दर त देखिएकी होलिन् तर उनको निजी जीवनमा चाहिँ सास्ती कम परेको छैन । उनलाई सुहाउने वा ठीक हुने पहिरन पाउन निकै कठिन छ । मूलतः पेन्ट उनले राम्रोसँग लाउनै पाउँदिनन् । आफ्नो गोडा उनलाई मन परे पनि यो समस्यासँग जुधिरहेकी छिन् । तर ६ फुट ४ इन्चकी स्वेतलाना संसारकै अग्ली स्वास्नीमान्छेमा चाहिँ गनिइन्नन् । स्याण्डी एलन नामक अमेरिकी महिला ७ फिट ७ इन्च अग्ली थिइन् । हालै उनको देहान्त भएको थियो ।

यस पटकको कीर्तिमानीहरुमा ब्रिट्नी स्पेयर्स सबैभन्दा बढी इन्टरनेटमा खोजी गरिएकी महिलाका रुपमा कीर्तिमान बनाउन सफल भएकी छिन् भने लस्ट नामक टीभी कार्यक्रम इन्टरनेटबाट सबैभन्दा बढी डाउनलोड गरिएको शो बन्न सफल भएको छ ।

यो किताब ३५ लाख प्रति हरेक वर्षबिक्ने गरेको यसका प्रधान सम्पादक क्रेग ग्लेन्डेले बताए ।

 

 

 

 

 

 

 

 





 

 

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,