Home» Around the World »Weird and Interesting

बिहेको वाषिर्कीमा भोजन भट्टको मोह

भोजन भन्ने बित्तिकै हत्ते गर्ने एक दम्पत्तिको भोजन मोह त्यतिबेला देखियो जब उनीहरुले आफ्नो वैवाहिक जीवन सफलतापूर्वक पाँचौँ वर्षमा हिँड्न थालेपछि त्यस सफलतालाई भोजनसँग गाँसेर वार्षिकी मनाए ।

उनीहरुले आफ्नो विवाहको
वार्षिकी मनाउन यति ठूलो चिज बर्गर मगाए कि होटलका सञ्चालकहरु पनि छक्क नपरिरहन सकेनन् । उनीहरुले ४२ पाउण्डको वैवाहिक केक बनाउन लगाएका थिए ।

टम र केरी वाटले यो मगाएका थिए र यो केक आधा मिटर चौडा थियो ।

अमेरिकाको नर्विचस्थित एउटा रेष्टुराँमा उनीहरुको वैवाहिक जीवनको सफलताको कामना सहित सानोतिनो पार्टी मनाइएको थियो ।

स्थानीय अग्निशमन केन्द्रमा काम गर्ने ३६ वर्षीय टमले यत्रो ठूलो केक आफूले मन पराएकी महिलासँग बाँढेर खान पाउनु आफ्नो अहोभाग्य भएको बताउँदै थिए ।

त्यसो त टमले यहाँ आएर आफ्नी श्रीमतीले अर्डर गरेको यत्रो चिज बर्गर खान पाउँला भनेर सोचेका पनि थिएनन् तर उनकी श्रीमती पनि बिछट्टकी बाठी रहिछन् । आफ्ना श्रीमान्लाई कसरी खुशी पार्ने, त्यो जानेकी हुनाले श्रीमान्को त्यो केही पलको मुस्कानका लागि यसको व्यवस्था गरेकी रहिछन् ।

३६ वर्षीया केरी पनि त्यसो त श्रीमानकै रुचिसँग मेल खाएका कारण श्रीमानका लागि भने पनि आफ्नै रुचिका सामाग्रीहरु भेला पारेकी थिइन् ।

यो बर्गर बनाउन तीन भान्सेलाई तीन घण्टा लागेको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,