Home» Around the World »Weird and Interesting

कारको मूल्यभन्दा जरिवाना बढी

कारको मूल्य छ, ६ हजार ५ सय डलर तर त्यो कार चलाउने व्यक्तिलाई २० लाख डलर जरिवाना तिराइएको समाचारमा जनाइएको छ ।

ब्राजिलको यातायात व्यवस्था विभागले ज्यादै तेज गतिमा कार दौडाउने कार चालकलाई यति महंगो जरिवाना तिराइएको पहिलो पटक भएको एपी समाचारले जनाएको छ ।

यी कार चालक मात्र १२ वर्ष उमेरका थिए । र, पहिले त यी चालक राम्रै चलाउँछन् भन्ने विश्वासका कारण केही समय उनी जरिवानाबाट बचे । तर पछिल्लो समय निकै ठाउँमा बढी गतिका कारण कार दुर्घटना गराउन थालेपछि चाहिँ प्रहरीले उनलाई समात्यो ।

रोचक कुरा के छ भने उनले गाडी चलाउन थालेको सात वर्ष बढी भइसक्यो । कतिपय ठाउँमा दुर्घटना गराए पनि प्रहरीले उनलाई पक्राउ गरेनन्, कारण थियो, उनको नाममा गाडी दर्ता नहुनु ।

नाम नखुलाइएका यी चालकको कार चाहिँ प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनले ९० दिनभित्रमा यातायात व्यवस्था विभागले निर्णय गरेको शुल्क नतिरेको खण्डमा पक्राउ परेको गाडीलाई बेचबाच पारेर जरिवाना भराउने निर्णय पनि गरिएको समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,