Home» Around the World »Weird and Interesting

७१ वर्षे हजुरबा सुत्केरी, कसरी ?

७१ वर्षको उमेरमा पेटको स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या लिएर अस्पताल गएका एक हजुरबालाई डाक्टरहरुले उनी गर्भवती भएको जानकारी दिँदा झन्नै बेहोस हुन पुगे ।

जोन ग्रेडी पिपेन नामक यी अमेरिकी बूढा बालाई डाक्टरहरुले भने, तपाइँको आजको अस्पताल यात्रा र गरिएका विभिन्न चेकजाँचमा तपाइँ गर्भवती हुनु भएको रिपोर्टले देखाएको छ ।

डाक्टरहरुकै मुखबाट यो सुनेपछि बूढा जोन चितांग हुनु स्वाभाविक थियो । उत्तरी अमेरिकास्थित करी जेनरल हस्पिटलका डाक्टरहरुले केही गडबडी तब महसूस गरे जब यी बूढाबाको उमेर र उनी गर्भवती हुनुपर्ने पछिल्ला कारणमा कुनै मेल खान सकेन ।

पेन्सनपट्टा कमाइसकेका यी पूर्व मेकानिकको जीवनमा एकै क्षणमा एउटा हुण्डरी आइपुग्यो । उनी पुनः यो कुरालाई वास्तविकता के हो भन्ने जान्न चाहन्थे र पुनः डाक्टरी चेक गराए । तर दोस्रो पटकको जाँचमा उनी गर्भवती नरहेको प्रष्ट भयो ।

तब उनी सिधै मुख्य चिकित्सककहाँ हकार्न तम्सिए । तब मुख्य चिकित्सकले पनि चाल पाए कि एउटी महिलाले जाँच गर्न ल्याएको सामाग्री उनको पोकोमा पुगेछ र गलत रिपोर्ट आइपुगेछ ।

यता हजुरबा आफू गर्भवती नभएको पुष्टी भएपछि खुशीखुशी घर फर्किएका छन् भने डाक्टरहरु चाहिँ आफ्नो गल्तीका कारण भएको मानसिक टेन्सनका लागि बूढाबासँग क्षमाप्रार्थी भएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,