Home» Around the World »Weird and Interesting

लिंग काट्ने डाक्टरमाथि मुद्दा

अमेरिकाका एक व्यक्तिले आफ्नो सहमतिबेगर लिंग काट्ने चिकित्सकहरुविरुद्ध मुद्दा हालेका छन् । टेनेसी राज्यस्थित सेल्बी काउन्टी निवासी ६१ वर्षीय फिलिप सिटनले यो मुद्दा हालेका हुन् ।

उनको लिंग छेउ गर्नुपर्ने साधारण शल्यक्रियाका लागि यी चिकित्सकहरुले गायब गरिदिएपछि उनी क्रूद्ध हुनु स्वाभाविक नै थियो ।

त्यसो ती यी बूढालाई पनि सानोतिनो रोग लागेको थिएन । क्यान्सरबाट उनलाई मुक्त नगरे उनको ज्यानै जोखिममा थियो । र, त्यसका लागि उनको लिंगसमेत काट्नु पर्ने दायरमा परेको थियो । तर चिकित्सकहरुले उनीसित लिंग काट्ने कुनै अनुमति लिएनन् ।

उनका वकिलले डाक्टर र अस्पताल दुवैमाथि मुद्दा हालेका छन् । आफ्नो उपचारपछि लिंग गायब भएको र लिंग गायब भएपछि आफ्नो दैनिक जीवनमा ठूलो असर पुगेको मुद्दामा उल्लेख गरिएको छ । यति मात्र होइन, यो शल्यक्रियापछि उनलाई मानसिक दवाव बढेको, पीडा भएको र जीवनको रौनकता घटेको समेत आरोप लगाइएको छ ।

डाक्टरहरु जोन पेटरसन र डा. ओलिभर जेम्सका विरुद्ध मुद्दा हालिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता बलिउड मूर्ख्याइँ फट्याइँ श्रीमानश्रीमती नग्नता विज्ञापन परिस्थिति उपाय कीर्तिमान उदेकलाग्दो हलिउड उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,