Home» Around the World »Weird and Interesting

घोडामाथि रक्सी परीक्षण

रोमानियाका ट्राफिक प्रहरीले घोडा रक्सीले मात्तिन्छ कि मात्तिन्न भन्ने जानकारी पाउन रक्सी टेष्ट गराएका छन् ।

त्यसो त उसमाथि प्रयोग गर्नुपर्ने खास कारण त केही थिएन तर एउटा गाढा तानिरहेको यस घोडाले पार्कमा आराम गरिरहेका एक वृद्घलाइ ठक्कर हानेपछि रक्सीले मात्तिएका कारण ठक्कर हानेको हो कि भन्ने शंका निवारण गर्न यसो गरिएको समाचारमा जनाइएको छ ।

स्थानीय भेट डाक्टरले प्रहरीको आदेश पाउने बित्तिकै घोडाको रगत तानेर रक्सी खाए नखाएको परीक्षण गरेका छन् ।

स्थानीय व्यक्तिहरूले घोडा मालिकले नियन्त्रण गर्न खोजे पनि घोडा शुरूदेखि नै नियन्त्रणबाहिर रहेकाले उसले रक्सी खाएको हुनुपर्ने जिकिर गरेका कारण प्रहरीले बाध्य भइ यो परीक्षण गर्नु परेको एनानोभा समाचारमा जनाइएको छ ।

यता रक्त परीक्षण आएपछि प्रहरीहरू चिताङ्ग खाएका छन् । परीक्षणमा रक्सी खाएको नै पुष्टी भएको छ ।

यता घोडाधनी ५६ वर्षीय इअन ड्रागनले यस मामिलामा अाफू निर्दोष भएको बताइरहेका छन् । स्थानीय अखबारसित उनले भर्खरै मेलाबाट घोडा किनेकाले घोडालाइ रक्सी ख्वाइएको हो वा होइन भन्ने जानकारी नभएको बताएका छन् ।

यता प्रहरीले पनि इअनको कुरालाइ पत्याएका छन् । सामान्यतयाः बेचिन लागेको घोडा तगडा र स्वस्थ देखाउन बिक्रेताहरूले रक्सी खुवाउनु यहाँ सामान्य मानिन्छ ।

यता पशु चिकित्सक इन इलुता पशुको रगतमा रक्सीको मात्रा जाँच्न प्रहरीले अाग्रह गर्दा अाफू चकित परेको बताए । उनले भने, "अहिलेसम्म मैले कुनै पशुले रक्सी खाएको जाँच गरेको थिइनँ ।"

यता घोडाको ठक्करले थला परेका ८६ वर्षीया बूढा घर बाहिर आराम गरिरहेका थिए र उनको मृत्यु ठक्कर भएपछि लागेको चोटका कारण भएको प्रहरीले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर माया सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता बलिउड मूर्ख्याइँ फट्याइँ श्रीमानश्रीमती नग्नता विज्ञापन परिस्थिति उपाय कीर्तिमान उदेकलाग्दो मुद्दा मामिला हलिउड उदारता
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read