Home» Around the World »Weird and Interesting

पाइखानामा छाडा बोल्दा उल्टै पुरस्कार

एक अमेरिकी महिलाले पाइखानामा छाडा बोलेको भन्दै प्रहरीले पक्राउ त गर्यो तर यहि निहुँमा उनलाइ पक्राउ गर्ने प्रहरी कार्यालयले क्षमा माग्दै १२ हजार पाउण्ड हर्जाना तिरेको छ ।

पेन्सिलभेनियाको स्क्रयान्टनको अदालतमा ती महिलाले जुन वकिललाइ यस विषयमा मुद्दा लड्न लगाएकी थिइन्, मुद्दा जितेपछि उनको फिससमेत भराउने निर्णय भएको समाचारमा जनाइएको छ ।

डन हर्ब नामक ती महिलालाइ एक छिमेकीको कारणले पक्राउ गरिएको थियो । गएको वर्ष उनी पाइखानामा यस्तै केही छाडा गाली गर्दै थिइन् । छिमेकमै आइपुगेका एक ड्यूटीमा नरहेका प्रहरी अधिकारीले त्यो गाली सुने । त्यसबेला पाइखानाको झ्याल खुलै र ठूल्ठूलो आवाजमा गाली गरेको पाइएपछि उनीमाथि खराब आचरणको आरोप लगाइएको थियो ।

उनलाइ ९० दिने जेल ट्रायलमा राखिएको थियो भने यसरी उनलाइ जेलमा राखिनु बिल्कूलै नचाहिँदो कुरा पाए स्थानीय न्यायाधीशले । जे पनि बोल्न पाउनु संविधानले प्रदत्त गरेको अधिकारभित्र रहेका कारण छाडा बोलेकैले उनलाइ जेलमा राखिनु संविधानविरोधी कार्य भएको निर्णय दिइएको थियो ।

यो घटनाले तब ठूलो रूप लियो जब अमेरिकी सिभिल लिबर्टीज युनियनले यस घटनालाइ आफूले महत्वका साथ हेर्ने भनेर हातमा लियो ।

रमाइलो के भयो भने यी सब घटनापछि चाहिँ १२ हजार पाउण्ड उनले क्षतिपूर्ति मात्र पाइनन् कि शहरका मेयरले समेत उनीसित भएका घटनाप्रति माफी मागे ।

शायद यसैलाइ भन्दो हो, दुवै हातमा लड्डू ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट नग्नता बलिउड मूर्ख्याइँ विज्ञापन श्रीमानश्रीमती फट्याइँ कीर्तिमान परिस्थिति हलिउड उपाय उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,