Home» Around the World »Weird and Interesting

भर्चुअल श्रीमान् मारेको अभियोगमा पक्राउ

एक जापानी महिलालाइ प्रहरीले पक्राउ गरेका छन्, त्यो पनि भर्चुअल श्रीमानलाइ हत्या गरेको अभियोगमा । यो तब हुन पुग्यो जब यी दुवै श्रीमान् श्रीमतीसम्बन्धी खेल अनलाइन खेलिरहेका थिए ।

४३ वर्षीया ती महिलालाइ उनका श्रीमान् बनेका पुरूषले गेम खेल्दाखेल्दै एक्कासि पारपाचुके दिएका कारण उठेको रिसका कारण उनको हत्या गरेको रहस्य खुलेको छ । कम्युटरमा यस किसिमको खेल निकै लोकप्रिय रहेको छ । म्यापल स्टोरी नामक यस कम्युटर अनलाइन गेममा एक्कासि आफूलाइ पारपाचुके दिने भर्चुअल श्रीमानको अकाउन्ट एक्सेस गरेर उनले श्रीमानको हत्या गरेकी हुन् । अब अनलाइनमा ती नामको व्यक्ति खोज्यो भने उनको मृत्यु भइसकेको सूचना आउँछ र ती व्यक्तिले गेम खेल्न नपाउने बीबीसीले जनाएको छ ।

प्रहरीले उनलाइ प्रकाउ गर्नुको कारण ती भर्चुअल पतिको हत्याका कारण भन्दा पनि अर्काको इन्टरनेट अकाउन्टमा गैरकानूनी प्रवेश गर्नु र अर्काको सूचना तहसनहस पारिदिनु नै रहेको प्रहरीले बताएको छ ।

पेशाले पियानो शिक्षिका रहेकी यी महिलालाइ प्रहरीले अहिले तत्कालका लागि सपारो जेलमा अभियोग दर्ता गराउन राखिरहेको जनाइएको छ ।

उनी बसेको भन्दा ६२० माइल टाढा बस्ने ३३ वर्षीय ती "श्रीमान्"ले उनलाइ सूचना तलमाथि पारेको अभियोग लगाएका थिए । यदि यो सत्य ठहरिएको खण्डमा उनलाइ पाँच वर्षे काराबास र ५ हजार डलरभन्दा बढी जरिवाना तिराइने समाचारमा जनाइएको छ ।

एक सपारो प्रहरी अधिकारीका अनुसार ती महिलाले आफ्ना "श्रीमान्"को आइडी र पासवर्डको सहारामा गेमभित्र घुसेर भएका डाटालाइ तलमाथि पारी उनको भर्चुअल हत्या गरेकी थिइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती मुद्दा मामिला माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन उपाय फट्याइँ हलिउड कीर्तिमान परिस्थिति उदेकलाग्दो उदारता सेक्स
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music,