Home» Around the World »Weird and Interesting

रातो रंगले पुरुषलाई तान्ने

यदि तपाइँ महिला हुनुहुन्छ र पुरुषको ध्यान आकषिर्त गर्न चाहनु हुन्छ भने त्यसको सजिलो उपाय फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । महिलाहरुले अन्य रंगको तुलनामा रातो रंगको लुगा लगाएको खण्डमा पुरुषहरु चाँडै तानिने अध्ययनले बताएको छ ।

अमेरिकी अनुसन्धाताहरुले गरेको यस अन्वेशषमा अधिकांश पुरुषहरुले रातो लुगा लगाएका महिलाहरुलाई साँच्चिकै सेक्सी र आकर्ष देखिएको बताएका छन् । र, अन्य रंग लगाएको भए पनि रातो रंगको धर्र्सो भएको भए मात्र पनि त्यो लवाईलाई आकर्ष मान्ने गरेको अध्ययनमा बताइएको छ ।

न्यूयोर्कस्थित रोचेस्टर विश्वविद्यालयका मनोविज्ञान प्रोफेसर एन्ड्यू एलियटले रातो रंग उहिलेदेखि रोमान्सको रंगका रुपमा किन ख्यात्रि्राप्त छ भन्ने कुरा बल्ल पुष्टी भएको बताएका छन् । पुरुषहरुले रातो रंगको कार्डहरु भ्यालेन्टाइन डेमा र महिलाहरुले लिपिस्टिक रातो नै लगाउनुको कारण पनि पुरुषहरुलाई आकषिर्त गर्न रहेको पुष्टी भएको उनले दाबी गरेका छन् ।

रातो रंग मानवमा मात्र होइन कि चिम्पान्जीमा पनि रोमान्टिक रंग रहेको प्रोफेसरले बताएका छन् । यौन समागमभन्दा अघि महिला चिम्पान्जीले पुरुष चिम्पान्जीलाई रातो रंग पर््रदर्शन गर्ने र त्यो देखेपछि पुरुष चिम्पान्जीले आफूलाई थाम्न नसकेर यौन समागममा लिप्त हुने गरेको पनि उनले बताएका छन् ।

शायद यसो हुनुमा मानव वा विभिन्न जनावरहरुमा रहेको धेरै गहिरो र स्वस्फर्ूत जैविक भावनाका कारण पनि हुन सक्छ, एलियटले आफ्नो उपलब्धिलाई जर्नल अफ पर्सनालिटी एण्ड सोसल साइकलजीमा लेखेका छन् ।

एक सयभन्दा बढी व्यक्तिहरुमा यस विषयमा अध्ययन गरिएको थियो, जसमा अधिकांश कलेजका विद्यार्थीहरु थिए । उनीहरुलाई केही महिलाहरुको तश्वीर दिएर ती तश्वीरमध्ये सबैभन्दा बढी आकर्ष र राम्री को होलिन् भनी सोधिएको थियो । प्रश्न अलि तगडा के थियो भने यी तश्वीरमा भएका महिलासँग तपाइँ चुम्बन लिन चाहनु हुन्छ कि सेक्स गर्न चाहनु हुन्छ भन्ने प्रश्न पनि रहेको थियो ।

एउटै महिलाको तश्वीर रातो लुगामा, सेतो लुगामा रातो किनारा, सेतो लुगामा खैरो र हरियो किनारा लगाएको तश्वीर देखाएर सोही प्रश्न गर्दा चाहिँ रातो कपडामा नै आकर्ष देखिएको र अधिकांशले तिनै महिलासँग आफूले सेक्स गर्ने धारणा अघि सारेका थिए ।

रातो लुगा लगाएकी महिलालाई एस डलरभन्दा बढी खर्च गर्न तयार देखिएका युवाहरु तिनै महिलालाई अन्य रंगको लुगामा चाहिँ किस गर्न मात्र रुचि रहेको बताएका थिए ।

तर रोचक कुरा के रह्यो भने रातो कपडामा सजिएकी ती महिलालाई चाहिँ अधिकांश महिलाले आकर्ष देखेनन्, मात्र उनीहरुलाई राम्रीको संज्ञा दिए ।
यस अध्ययनमा समलिंगी केटा र अन्धाहरुलाई चाहिँ समावेश गरिएको थिएन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सुन्दरी सेक्स बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल