Home» Around the World »Weird and Interesting

कुकुरको रेष्टुराँ

जर्मनीमा कुकुरका लागि विषेश किसिमको रेष्टुराँ सञ्चालनमा आएको छ । बर्लिन शहरमा रहेको यो रेष्टुराँले कुकुरहरूलाइ ज्यादै मनपर्ने झोलिय पदार्थ उपलब्ध गराउने छ । तर यो रेष्टुराँ घरबारविहीन र रोजगारहीन कुकुरहरूलाइ मात्र उपलब्ध गराइने सञ्चालकले शुक्रबार रोयटर्सलाइ जनाएका छन् ।

त्यसो त बढी पैसा भएर यो रेष्टुराँ खोलिएको होइन । मान्छेका लागि सित्तैमा खाना खुवाउने भन्दा कुकुरका लागि खुवाउने कुरालाइ पैसावालहरूले बढी महत्व बढी दिने हुनाले यस्तो काम गरिएको भन्ने आलोचनालाइ रेष्टुराँ निर्देशिका क्लाउडिया होल्मले अस्वीकार गरेकी छिन् ।

"हिजोआज हामी कुकुरको महत्वलाइ हामीले भुल्दै मात्र गइरहेका छैनौँ, कम आँक्दै पनि आइरहेका छौँ । घरमा बस्ने कुकुरहरू जति महत्वपूर्ण छन्, उत्तिकै घरबारहीन कुकुरको मानिससँग सम्बन्ध भइरहनु पनि उत्तिकै महत्वपूर्ण कुरा छ", होल्मले रोयटर्सलाइ बताइन् ।

"मान्छे जति भोका छन् भन्ने कुरा महत्वपूर्ण छ, उत्तिकै कुकुरहरू पनि भोकका कारण नमरून् भन्ने कुरामा बुद्धि पुर्याउनुमा छ", उनले भनिन् । होल्म र उनको कम्पनी "एनिमल बोर्ड"ले विभिन्न कम्पनीहरूबाट यस कार्यका लागि स्पन्सरशीपको पैसा पाइरहेकी छिन् । उनलाइ सहयोग गर्नेहरूमा जनावरहरूको खाना उत्पादक कम्पनीहरू पनि लामबद्ध हुन थालेका छन् ।

रोचक कुरा त के छ भने हालै बर्लिनमा कुकुरहरूका लागि डे केयर सेन्टरमा ल्याउन र पुर्याउनका लागि उच्चस्तरीय सुविधायुक्त बस सञ्चालनमा ल्याइएपछि यो रेष्टुराँ खुलेको हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,