Home» Around the World »Weird and Interesting

घर हो कि जंगल ?

बेलायतको एक घरमा छापा मार्न गएका प्रहरी त्यतिबेला जिल्लिए, जब घरभित्र एउटा पूरै जंगल भेटियो । अर्थात्, त्यहाँ छेपारा, कछुवा, मुसादेखि लिएर अन्य जनावरहरू त थिए नै त्यहाँ तिनलाइ बस्ने राम्रो व्यवस्था समेत गरिएको पाइएको थियो ।

डेली टेलिग्राफ पत्रिकाका अनुसार, त्यहाँ सुँगाका लागि पिँजडा बनाइएको थियो भने सर्पका लागि गुँड बनाइएको थियो । त्यहाँ चार सर्पको बास रहेको प्रहरीले जनाएको छ । १४ वटा विभिन्न किसिमका छेपाराहरू अचम्मले बसेका थिए भने कुखुराहरू पनि त्यहाँ रहेको र अन्य किसिमका ससाना कीरा फट्यांग्राहरूको बास पनि त्यहीँ रहेको समाचारमा जनाइएको छ ।

ग्रेटर म्यानचेष्टर प्रहरी अधिकारी रब होवार्थले यस्तो आफ्नो जीवनकालभरि देख्न नपाएको बताएका छन् । उनले भने, "एउटा ट्यांकाभरि सर्पहरू देख्दा त मेरो सातो नै गयो ।"

त्यहाँ हजार थरिका कीराफट्यांग्राहरू भएको र तिनले आफ्नो झन्नै सातो लिएको बताउँदै उनले भने, "ती घरभित्र दायाँबायाँ, यताउति गरिरहेका मैले देखेँ ।" तिनले निकाल्ने विभिन्न किसिमको आवाजका कारण आफ्नो सातो झन्नै गएको उनले बताए ।

"तिनले निकाल्ने आवाजले हामी कुनै घरभित्रै छौँ कि कुनै जंगल सफारीमा पुग्योँ भन्ने गम्भीर सोचमा पुर्याएका थिए", उनले घरको अवस्था बताए ।

त्यहाँको उस्तो अवस्था देखेपछि जनावरका डाक्टर र काउन्सिलर तथा वातावरणविद्हरूलाइ पनि बोलाइएको उनले बताए । ताकि ती जनावरहरूको उचित हेरविचार गर्न सकियोस् ।

यसरी एउटा घरभित्रै पूरा जंगल पाल्ने हैसियत बनाएका तीन पुरूष र एक महिलालाइ तत्काल प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read