Home» Around the World »Weird and Interesting

के म तिम्रो साथी बन्न सक्छु ?

बाँदर र कुकुर मित्रता भएको खबर त निकै कम सुन्नु हुन्छ होला । यो कम सुनिने मित्रताका बारेमा अझै केही सुन्नुहोस् ।

चीनको एउटा चिडियाघरमा कुकुर र बाँदरको ज्यादै मिल्ती शुरु भएको छ । सानो बाँदर र सानै कुकुरको छाउरोबीच भएको यो मित्रता चीनको जुमान्डिन शहरको नान्हाइ चिडियाघरको सानो घेराबाट बाहिर निस्किएको छ र यसलाई सबैले चासोका साथ हेर्न थालेका छन् । रमाइलो के छ भने कुकुर्नीको छाउरो र बाँदरको बच्चाबीच मित्रता भएपछि कुकुर्नीले आफूसँगै बाँदरको छाउरोलाई पनि लिएर हिँड्न थालेकी छे ।

दाहे डेली पत्रिकाका अनुसार पहिलो पटक यिनको मित्रता भएको देखेकी थिइन्, त्यहीँकी कामदारले । त्यो देखेर उनी यति आर्श्चर्यमा परिन् कि यो खबर कसलाई सुनाउने हो पत्तो पाउन सकिनन् ।

"जब कुकुर बाँदरको छाउरो बसेको पिँजडामा आइपुग्यो, छाउरोले अनेक किसिमको आवाज निकालेर कुकुर्नीलाई आकषिर्त गर्यो, " उनले भनिन्- "त्यसपछि मैले तिनीहरुबीचको सम्बन्ध अध्ययन गरेँ र यो रोचक निष्कर्ष पुगेँ ।"

आफ्नी आमाको अनुपस्थितिमा ६ महिने कुकुरको छाउरो बाँदरको बच्चासँग हेलमेल गर्न थालेपछि यो सम्बन्धको विकास भएको चिडियाघरका कामदारहरु बताउँछन् । यता चिडियाघरका प्रवक्ताले कुकुरको छाउरोले बाँदरको पिँजडामा दिनभर बिताउने गरेको कुरालाई पुष्टी गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
माया जनावर सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन फट्याइँ कीर्तिमान मुद्दा मामिला श्रीमानश्रीमती हलिउड उपाय परिस्थिति उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,