Home» Around the World »Weird and Interesting

सेवाका लागि आफ्नो नाम बेच्ने महिला

समाज सेवा गर्ने तरिका पनि कसैकसैको बडो अचम्मको हुन्छ । बेलायती एक महिलाले इबे नामक एक वेबसाइटमा आफ्नो नाम बेच्ने प्रस्ताव राखेकी छिन् । उनले ५० विभिन्न थरीको नाम त्यहाँ राखेकी छिन् र जसले बढी दाम तिरेर उनको अहिलेको नाम परिवर्तन गरेर ती नाम दिन्छ, उनले जीवनभर त्यही नाम अँगाल्ने बताएकी छिन् ।

यस्सो विचार गर्दा उनलाइ धनकी लोभी भन्ने लाग्न सक्छ तर बेचेर आएको पैसा उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि समाजसेवामा लगाउने प्रण गरेकी छिन् ।

३७ वर्षीया एलिन डी बोन्ट डेन्बिगशायरस्थित सेन्ट असाफ निवासी हुन् । उनले आफ्नो नाम किन्ने कोही व्यक्ति पाए आफ्नो नाम परिवर्तन गरी बस्ने प्रस्ताव इबेमा राखेकी हुन् । त्यसो त इबेमा उनले एकादुइ नामको पसल थापेर बसेकी चाहिँ होइनन् । उनीसँग अझै ५० थरीका नाम छन् । ती ५० नाममध्ये जसले जुनसुकै छाने पनि हुने उनले बताइन् ।

दन्त चिकित्सककी सहायिका उनले ज्यादै रूचाएको स्कन्थ्रोप ट्राभलोग भन्ने नाम पनि उनी बेच्न राजी भएकी छिन् ।

"यसो झट्ट सुन्दा ज्यादै सिल्ली कुरा सुनिन्छ तर वास्तवमा म निकै गम्भीर छु, यस मामिलामा", उनले भनिन्, "फेरि यसबाट आएको रकम मध्यै पूरै पैसा मेरालागि खर्च हुने पनि होइन । आधा रकम चिल्ड्रेन इन निड नामक संस्थालाइ म दान दिँदैछु । बाँकी आधा चाहिँ मेरा दुइ सन्तानको यस वर्षको क्रिसमस राम्रो होस् भनेर त्यसमा खर्च गर्दैछु ।"

"सबैले यो कामलाइ वाहियात ठान्छन्, खासगरी मेरा बच्चाहरूले । तर मेरा आमाबुवा चाहिँ अचम्ममा पर्दैनन्, मात्र अलिअलि खुस्केकी छे भन्ने सोच्छन् । तर अरूले के सोच्छन् भन्ने कुरामा मलाइ के मतलब ?", उनले बताइन् ।

बीबीसीले सञ्चालन गरेको चिल्ड्रेन इन निडका प्रमुख मार्क फिलिप्स भन्छन्, "उनले छानेको ५० नाममध्ये उनलाइ खरीदकर्ताहरूले त्यो नाम किनेर दिउन्, जुन नामबाट बाँच्न उनलाइ गाह्रो नहोस् ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता यस्तो पनि ! सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read