Home» Around the World »Weird and Interesting

पर्यटन सूचनामा नाङ्गो चलचित्र

क्रोएसियाका कम्प्युटर ह्याकरले पर्यटन सूचना केन्द्रका कम्प्युटरमाथि हमला गरी तिनमा नचाहिने सूचना हालिदिएपछि विदेशी पाहुनालाइ हैरानी भएको छ ।

समाचारअनुसार, त्यहाँको पर्यटन सूचना केन्द्रका केही कम्प्युटरमा ह्याक गरी ह्याकरहरूले यौनप्रधान चलचित्र र सूचनाहरू हालिदिएका थिए । र, यो देखेपछि शहरको सूचना लिन पुगेका नयाँ पर्यटकहरू बेमज्जाले अनुहार नीलो पार्न बाध्य भएका थिए । उक्त स्क्रिनमा सामान्यतया देशकै बारेमा ऐतिहासिक र सांस्कृतिक सूचनाहरू दिने गरेको थियो । तर त्यसको साटो अरू नै सूचना त्यहाँ पाएपछि त्यहाँ उपस्थित सबैले रमाइलो मानेका थिए ।


नीला चलचित्रहरू हेर्न पुग्दा अनुहार नै नीलो बनाउने पर्यटकहरू मात्र भएनन्, त्यहाँका पर्यटन प्रबन्धन अधिकारीहरूका अनुहार पनि हेर्न लायक बन्यो । स्लाभोन्स्की ब्रोड शहरका पर्यटन प्रबन्धकहरूले थाहा पाएर यसलाइ बन्द गराउनुअघि नै त्यहाँ नीलो चलचित्रका प्रशंसकहरूको भीड लागिसकेको थियो । उनीहरू स्क्रिनका वरिपरि भेला भएर त्यसको स्वाद लिँदै गर्दा पर्यटन अधिकारीहरूले त्यो स्क्रिनको लिंक बन्द गरिदिए । भेला भएका दर्शकहरू आधा चलचित्र मात्र हेर्न पाउँदा बेमज्जा मानिरहेका थिए ।


उक्त सूचना कसले बिगारेर नयाँ फिल्म राखिदियो भन्ने विषयमा प्रहरीले सूचना प्रविधिसम्बद्ध अधिकारीहरूको सहयोग लिइरहेको छ । यता स्थानीय प्रशासनले यस्तो घटना नदोहोरियोस् भनी कडा कदम आफूले चाल्ने जनाएको छ ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता सेक्स माया सुन्दरी सेलेब्रिटी गुगल इन्टरनेट भव्यता मूर्ख्याइँ बलिउड मुद्दा मामिला कीर्तिमान विज्ञापन फट्याइँ हलिउड उपाय श्रीमानश्रीमती उदारता उदेकलाग्दो परिस्थिति
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,