Home» Around the World »Weird and Interesting

कारको इन्जिनमा बिरालोको साता दिन

यदि लेख्ने क्षमता हुँदो हो त अष्ट्रियाली एउटा बिरालोले मज्जैले साता दिनको डायरी लेख्दो हो । उसले एक साता एउटा कारको इञ्जिनभित्र कसरी बितायो र उसको अनुभव कस्तो रह्यो, मान्छेका लागि पनि चाखलाग्दो यात्रा हुँदो हो । तर अपशोच, त्यो बिरालोको अनुभव उसैमा सीमित रह्यो ।

अष्ट्रियाका एक मोटर चालकले आफ्नो उति महंगो मर्सिडिज कारले किन राम्रोसँग काम नगरेको होला भनेर तबसम्म चाल पाएनन्, जब उनले कारको बनेटलाइ नियालेर हेरेनन् ।

बनेटबाट इञ्जिनको एकोहोरो आवाज त आउँथ्यो तर सँगैमा बिरालोको म्याउँम्याउँ पनि घरिघरि सुनिन्थ्यो । आफ्नो इञ्जिनले बिरालोको आवाज निकालेको सुनेर शुरूमा त उनी चकित भए तर पछि जाँच्नै पर्यो भन्ने सोचले कारका मालिक पिटर होचबर्गरले बनेट उठाएर के हेरेका थिए, त्यहाँ छिमेकीको बिरालो अड्केको पो पाए !

त्यसो त उनका छिमेकीले पनि आफ्नो बिरालो तपाइँहरूले देख्नु भो कि भनेर सोधखोज गर्न उनीसमक्ष न आएका पनि होइनन् तर बिरालोले लुक्ने ठाउँ उनकै कारको बनेट पायो भन्ने कुरा उनलाइ कसरी पो ज्ञात होस् !

लुना नामक यस भाग्यमानी बिरालो कसरी बाँच्यो भन्ने कुरा आश्चर्यकै कुरा भएको छ । किनभने खानु न पिउनु ३ सय माइलको यात्रापछि पनि बिरालोको स्वास्थ्यमा उति साह्रो गडबडी नदेखिएको पिटरले बताए ।

यस बिरालोलाइ निकाल्नका लागि इन्जिनको एउटा भाग नै उखेल्नु परेको पिटरले बताए । कारका मेकानिक वाल्टर डोएरफ्लेर, ४८, ले भने, "यस्तो आश्चर्य त मैले मेरो मेकानिक जीवनमा पहिलो पटक भोग्दै छु । कसरी यो बिरालो यति भित्र यसरी लुक्न पुग्यो होला ?"

यस बिरालीका मालिक मालिक्नीहरूले चाहिँ कसैले चोरेको पो हो कि भन्दै शहरभरि पर्चा टाँसेका थिए । उनीहरूले साताभित्रै आफ्नो प्यारी बिरालीलाइ बिना कुनै समस्या पुनः पाउँदा हर्षको सीमा रहेको थिएन ।


 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता उपाय जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,