Home» Around the World »Weird and Interesting

सरकारले ठगी गरेको आरोपमा मुद्दा

पोल्याण्डमा सरकारले नै निर्माण गरेको इन्टरनेट गल्लीमा इन्टरनेटको मुख देख्न नपाइएपछि एक व्यक्तिले सरकारलाइ मुद्दा हालेका छन् ।

त्यहाँको सरकारले आवश्यकताभन्दा बढी नै हल्लाखल्ला गरेर सूचनाप्रविधि शहर निर्माण गरेको केही वर्ष बितिसकेको छ । तर त्यहाँ घर किन्न आउनेको संख्या न्यून त छँदैछ, किन्नेहरू पनि सन्तुष्ट नभइ घर बेच्ने लहर चलिरहेका बेलामा उनले सरकारलाइ ठगी गरेको आरोपमा मुद्दा हालेका हुन् ।

सरकारले अलि बढी नै हल्लाखल्ला गरेर ब्रोडब्याण्ड कनेक्शनसहितको इन्टरनेट गल्ली बनाएको थियो । पोल्याण्डको राजधानी शहर वार्साको यो गल्लीमा आन्द्रेज ग्रोमेक, ४३, ले उक्त घर किनेका थिए । तर अब बेच्ने सुरसारमा लागेका छन् । उनले यदि यो घर बेच्न नसके सरकारले नै फिर्ता लिइदिनु पर्ने उनको तर्क छ ।

त्यसो त सरकारलाइ विरोधी बनाउनुअघि त्यहाँको स्थानीय टेलिकम प्राधिकरणलाइ दर्जनौँ पटक चिठ्ठी लेखेर समस्या अवगत गराएका थिए । तर उनको चिठ्ठीको जवाफमा त्यहाँका टेलिकम अधिकारीहरूले कानमा तेल हालिदिए ।

हुन पनि पछि टेलिकमका अधिकारीहरूले उनको घरमा इन्टरनेट ब्रोडब्याण्ड जोड्नका लागि प्रयास गर्दा यति धेरै रकम लाग्ने देखियो कि त्यहाँ उनलाइ इन्टरनेट जोड्नुभन्दा नजोड्नु नै श्रेयस्कर देखियो ।

उनको मुद्दाका कारण राष्ट्रव्यापी इन्टरनेट जोड्नका लागि हल्ला गरिरहेको स्थानीय कम्पनी र सरकार अहिले जिल्ल परेका छन् । राजधानी शहरभित्रै इन्टरनेट जोड्न गाह्रो र महंगो परिरहेका बेला राजधानीबाहिर यो योजन उत्तिकै तुहिने प्रवल सम्भावना यस मुद्दाले बढाइदिएको छ ।

अहिले पोल्याण्डमा पूरा जनसंख्याको ११ प्रतिशतले मात्र इन्टरनेटको पहुँच पाएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,