Home» Around the World »Weird and Interesting

आर्थिक संकट बढ्दा सिनेमालाइ फाइदा

भला यो पनि कुनै कुरा हो ? कि देशमा आर्थिक संकट बढ्दा सिनेमा हलका दर्शक स्वाट्टै घट्नु पर्ने हो तर भइरहेको छ उल्टो । पछिल्लो समय रिलिज भएका सिनेमा र अघिल्लो वर्ष रिलिज भएका सिनेमाको तुलनामा तुलनात्मक रूपमा दोब्बर दर्शकहरू सिनेमा हेर्न पुगेपछि यस क्षेत्र विशेषज्ञहरू चकित परेका छन् ।

अमेरिकाकै सबैभन्दा धेरै सिनेमा हल सञ्चालक रिगलका प्रमुख कार्यकारी अधिकृत माइक क्याम्पवेलले भने, "अहिले वर्षभरिकै सबैभन्दा बढी दर्शक सिनेमा हलमा ओइरिएका छन् । यो साँच्चिकै खोज्नु पर्ने विषय बन्न पुगेको छ ।"

अहिले हलिउडले डबल डिजिटमा व्यापर वृद्घि गरिरहेको छ । जबकि अघिल्ला वर्षहरूमा यो सिंगल डिजिट मात्र रहेको थियो । अहिले चलिरहेका फिल्महरू ट्विलाइट, म्याडागास्करः स्केप टु अफ्रिका र बोल्ट जस्ता फिल्महरूले यही समयमा अघिल्लो वर्ष रिलिज भएका सिनेमाहरूको भन्दा दोब्बरले व्यापार गर्न सफल भएका छन् ।

माइकका अनुसार, पछिल्लो ५० वर्षको हलिउड इतिहासमा जब जब अमेरिकामा आर्थिक संकट पर्ने गरेको छ, त्यतिबेला हलिउडको व्यापार दोब्बरले बढ्ने गरेको छ । "किनभने अझै पनि सिनेमा हेर्नु भनेको घरबाहिर घरायसी मनोरञ्जनपछि सबैभन्दा सस्तो मनोरञ्जनको साधन हो", उनले बताए ।

रिगलले अमेरिकामा ५४९ सिनेमा हल चलाउँछ । ती हलमा ६ हजार ७ सय ५४ स्क्रिन छन् । हलिउड संसारकै सबैभन्दा बढी पैसा उठाउने मनोरञ्जन स्थल हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: