 |
Home» Around the World »Weird and Interesting |
यस्तो पो इच्छा त
बेलायतको नर्थम्टनशायरका एक व्यक्तिको इच्छालाइ मृत्युपछि पूरा गरिएको छ । ती व्यक्तिको इच्छा थियो, आफ्नो मृत्युपछि आफूलाइ जिन्दगीभर गइरहेको एक रक्सी पबभित्र गाडियोस् ।
त्यहाँका पूर्व सामन्त ज्याक वुडवार्डको लासलाइ उनी जिन्दगीभर गइरहेको एउटा पबमा गाडिएको छ । उनको लास भएको छेउमा लेखिएको छ, यहाँ उभ्भ र मसँगै चुस्कीको आनन्द उठाउ ।
ती व्यक्ति यही ठाउँमा जन्मिएका थिए, बोट नामक होटलमा । उनी १४ वर्षको उमेरदेखि यहीँ काम गर्न थाले र गएको मे महिनामा ८३ वर्षको उमेरमा पनि आफूले सकेको काम पबमा सघाउने गरेका थिए ।
उनले मर्ने बेलामा उनले आफ्नो इच्छापत्रमा आफ्नो शरीर पबमा गाडिनु पर्ने लेखेका थिए । यदि त्यसो भएको खण्डमा उनले मृत्युपछि पनि अरूले रक्सी पिएको हेर्दै आनन्द मानेर बस्न पाउने छन् ।
उनका जेठा छोरा ५२ वर्षीय एन्ड्रयूले चलाइरहेको यो पबमा बाबुको इच्छा पूरा गरिदिन भए पनि लासलाइ यहीँ गाडिदिए ।
"मेरा बुवा यहीँ जन्मे र जीवनको अधिकांश समय यहीँ बिताए । पछिसम्म पनि उनी कम्तीमा केही समय यही ठाउँमा बिताउन आउने गरेका थिए । र, यहाँ नियमित आउने अन्य ग्राहकहरूसँग पनि केही पिउने कुरामा नियमित नै थिए", एन्ड्रयूले भने, "उहाँको यस्तो पब प्रेमलाइ हामीले कम आँक्नु हुन्न भनेरै यहीँ गाडिदियौँ ।"
वुडवार्डको तीन पटकसम्म तिघ्राको अप्रेशन गर्नु परेको थियो । उनको मृत्यु हुनुअघि नै आँखादान गरिएको थियो । पछिल्लो समयमा तिघ्राको कारणले पबसम्म आउन नपाउँदा छटपटी हुने हुनाले उनी ह्विल चेयरमा भए पनि आएर सन्तोष मान्ने गरेका थिए ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |