Home» Around the World »Weird and Interesting

ज्यूँदै देखाउन अदालतको शरण

रोमानियाका एक व्यक्तिले एक वर्ष लामो संङ्घर्षपछि आफू ज्यूँदो भएको प्रमाणित गरिछाडेका छन् । उनलाइ अदालतले आफू ज्यूँदै भएको प्रमाणित गर्न आदेश दिएको थियो ।

तिमिसोएरा निवासी घेरोगे स्टिरबुले स्थानीय प्रशासनमा आफ्नो परिचयपत्रको म्याद सकिएको पाएपछि म्याद थप्न पुगेका थिए । तर कम्प्युटरमा उनको नाम र नम्बर हेरिसकेपछि त्यहाँका कर्मचारीहरूले उनको मृत्यु भइसकेकाले म्याद थप्न नमिल्ने बताए । आफ्नै मृत्युको खबर आफैँले सुन्नुपर्दा घेरोगेलाइ हुनसम्मको रिस उठ्यो र हाले मुद्दा स्थानीय अदालतमा ।

स्थानीय अदालतले पनि उनी ज्यूँदै भएको बताउन एक वर्ष लगाइदियो । तर ढिलै भए पनि आफू ज्यूँदै भएको प्रमाण दिन पाउँदा भने सन्तोषको सास फेरे । आफू ज्यूँदै छु भन्नका लागि भएभरको प्रमाण दिँदा पनि कर्मचारीहरूले उनलाइ बाल नदिएपछि अदालतको शरण लिनु परेको थियो र कर्मचारीहरूले उनलाइ एक वर्षसम्म मृत नै मानिरहेका थिए । तर अदालतले उनलाइ ज्यूँदै भनेपछि उनको प्रमाणपत्रलाइ रिन्यू गर्न करै लाग्यो ।

तर आफूलाइ ज्यूँदै प्रमाणित गराउन उनले अदालती कारवाहीका सम्पूर्ण खर्च गरी ५ सय पाउण्ड खर्च भयो । तर पनि खुशी भएका उनले पछि दुःखी हुँदै भने, "मैले न्याय पाएँ भनेर मख्ख परेको त अदालती खर्च व्यहोर्नु पर्दा उदेक लाग्यो । यस्तरी पैसा तिरेर आफूलाइ ज्यूँदै पार्नुभन्दा मरेकै ठीक ।" दिक्क मान्दै उनले भने ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,