Home» Around the World »Weird and Interesting

सर्वोत्कृष्ट कपालको अवार्ड जान्छ...

कहिलेकाहीँ कपाल पनि समाचार बन्दो रहेछ । नपत्याए बेलायतका बोरिस जोन्सनलाइ सोध्नुस् । उनलाइ एउटा इन्टरनेट वेबसाइटले वर्षकै सबैभन्दा राम्रो कपालको शैलीका रूपमा उनको टाउकोलाइ पुरस्कृत गरेको छ ।

हुन त उनको मूल पेशा राजनीति हो । राजनीति गर्दागर्दै उनी लण्डनका मेयरसमेत बनिसकेका छन् । तर ४४ वर्षे यी राजनीतिकर्मीको परिचय उनको कपालको शैलीले समेत अझ घनिभूत पारेको छ ।

एक हजार ३ सयभन्दा बढीमाझ गरिएको इन्टरनेट सर्भेका अनुसार उनको कपाललाइ बेस्ट सेलिब्रिटी हेयर घोषित गरिएको छ । ब्रिलक्रिम नेशनल मेन्स हेयर विकमा उनलाइ वर्षकै सर्वोत्कृष्ट कपाल उपाधिका साथ विभूषित गरिएको हो ।

राजनीति गर्नेलाइ भोट पाउनुमा मतलब छ, चाहे जुन सुकै उपाधिमा किन नहोस् । तब त उनले पनि यो उपाधि पाएपछि खुशी हुँदै आफ्नो कपाललाइ मन पराएर भोट गर्ने सबैलाइ हृदयबाट धन्यवाद पठाएका छन् ।

उनले भने, "मलाइ डर छ कि भोलि मेरोजस्तै कपाल बनाउनेको होड चल्ला । तर मैले यो बनाएर बनेको कपाल होइन । प्रकृतिले नै दिएपछि मेरो के लाग्छ !"

यस प्रतिस्पर्धामा राजकुमार ह्यारी, चलचित्र निर्देशक गे रिकी र जोन सर्जियन्टले आफ्नो नाम उत्कृष्ट १० मा पार्न सफल भएका थिए ।

रसेल ब्राण्ड र जोनाथन रसजस्ता सेलिब्रिटीले सबैभन्दा खराब कपालको उपाधि पाएका थिए । बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन, सिमन कोवेलजस्ता व्यक्तिको कपाल पनि खराब कपालका धनीका रूपमा दरिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सेलेब्रिटी माया सुन्दरी गुगल भव्यता इन्टरनेट बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन फट्याइँ मुद्दा मामिला श्रीमानश्रीमती हलिउड उपाय परिस्थिति उदेकलाग्दो उदारता प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल