Home» Around the World »Weird and Interesting

लोकप्रिय नेता-अलोकप्रिय नेता

जर्ज डब्ल्यू बुस अमेरिकी राष्ट्रपतिको इतिहासमै सबैभन्दा अलोकप्रिय राष्ट्रपति भएको प्रमाण त इराकमा घटित पछिल्लो पत्रकार सम्मेलनमा उनले खाएको जुत्ता प्रकरणबाट प्रकट भइसकेको छ । अब लोकप्रिय राष्ट्रपतिका रूपमा पनि तपाइँलाइ बताइ हालुँ ।

एक समाचार अनुसार, ससाना प्लास्टिकका खेलौना पछिल्लो समय निकै लोकप्रिय भएका छन् । र, यी खेलौनामा अरू कोही नभइ अमेरिकी राष्ट्रपतिमा भर्खरै निर्वाचित बाराक ओबामा र बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन निकै बिक्री भएका छन् । अनलाइनमा बिक्रीका लागि राखिएका यी दुवै खेलौनाहरू बहुतै लोकप्रिय भएका छन् ।

तर रोचक के छ भने, यो सूचिमा राजनीतिकर्मी मात्र होइन कि खेलाडी र कलाकारहरू पनि समाविष्ट छन् ।

उत्तरी स्पेनका एक जातिहरू क्याटालोनियनले क्रिसमसको अवसरमा यस्ता खेलौना बनाएर बेच्ने गर्दछन् । र, यो प्रचलन हिजोआज अन्तभन्दा पनि इन्टरनेटमा निकै हिट बन्न थालेको छ । इन्टरनेटमा नै यी खेलौनाको किनबेच बढी मात्रामा भइरहेको छ ।

सदिऔँ देखि क्याटालोनियनहरूले यस किसिमका सामाग्री किनेर घरमा राखे घरमा समृद्धि आउने र अन्नपातहरू राम्रोसँग उप्जाउ हुने विश्वास गर्ने गर्दछन् । यो संस्कृति विकसित हुँदै इन्टरनेटमा स्थान पाउन थालेपछि यो झन मौलाउन थालेको स्थानीय व्यक्तिहरूले बताउन थालेका छन् ।

हरेक वर्ष यस्ता क्रियाकलाप गरिँदा अघिल्लो वर्ष चाहिँ वार्सिलोनाका फूटबल खेलाडी थिएरी हेनरीको पुतली धेरै बिक्री भएको समाचारमा जनाइएको छ । तर यस पटक चाहिँ अमेरिका र संसारका अन्य देशबाट इन्टरनेटमार्फत् नै अर्डर आएका कारण बाराक ओबामाको पुतली ज्यादा बिक्री भएको बताइएको छ ।

अन्य लोकप्रिय नेताहरूमा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन, फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी, उनकी पत्नी कार्ला ब्रुनी तथा स्पेनी टेनिस खेलाडी राफेल नदाल पनि सूचिमा पर्न सफल भएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेलेब्रिटी हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: