Home» Around the World »Weird and Interesting

तस्करी गर्ने पुरानो शैली

हुन त तस्करी गर्नेहरूले नयाँ नयाँ शैली र प्रविधि प्रयोग गर्ने गरेका छन् र जसले नयाँ नयाँ शैली र प्रविधि प्रयोग गर्छन्, तिनलाइ प्रहरीले पक्राउ गर्न नसकेको कुरा त छापामा प्रायः आइरहन्छन् । तर रोमानियाका प्रहरीले एउटा तस्करलाइ समाउन सफल भयो ।

एनानोभा समाचारका अनुसार, यी तस्करले अत्याधुनिक शैली र प्रविधि प्रयोग नगरी सामान्य र धेरै पुरानो प्रचलन उपयोग गरेकाले उनलाइ पक्रन प्रहरी सफल भएको हो ।

जानोस जाकोब नामक ती तस्करले घोडागाडीमा ३ लाख पाउण्ड बराबरको चोरीका सिगरेट युक्रेनबाट पार गराउन खोजिरहेका थिए ।

युक्रेनबाट धेरै थोक पोल्याण्डमा तस्करी हुने गर्दछन् । त्यसैले त्यसलाइ रोक्न रोमानियाका प्रहरीहरू सक्रिय हुने गरेका छन् । मूलतः सिगरेटजस्ता सामान्य चिजहरू व्यापक रूपमा तस्करी हुने गरेकाले करको दायरामा ल्याउन सीमा गस्तीमा प्रहरीहरू व्यापक रूपमा गर्ने गरेका हुन् ।

जानोस जाकोबले एक लाख प्याकेट चुरोट र तम्बाकूहरू घोडा गाडामा ल्याइरहेका थिए । जाकोबको दुर्भाग्य कि गाडीभन्दा चाँडो दगुर्न नसकेकाले प्रहरीले उनलाइ पक्राउ गर्न सफल भए ।

स्थानीय सीमा प्रहरीका प्रवक्ताले भने, "सामान्यतयाः तस्कर भन्ने बित्तिकै अहिलेको समयमा ज्यादै हाइफाइ व्यक्ति र प्रविधिको उपयोग कर्तालाइ चिनिरहेका बेलामा झन्नै जाकोबले आफूलाइ सफल तस्करका रूपमा उभ्याएको !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला उपाय फट्याइँ हलिउड कीर्तिमान श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,