Home» Around the World »Weird and Interesting

स्विमिङ मन पराउने बिरालो

सामान्यतयाः बिरालोलाइ पानीदेखि डराउने जनावरका रूपमा लिइन्छ तर चीनको एउटा स्थानीय पौडी पोखरीमा पछिल्लो सदस्य बन्न यो बिरालो सफल भएको छ ।

यो कालो रंगको बिरालो, जसको नाम अहिलेसम्म खुलेको छैन, अहिले पौडी पोखरीमा नियमित रूपमा आउने र पौडिने गर्न थालेको छ । २ सय जना जति सदस्य रहेको चाङजियाङ नदीमा अवस्थित स्विमिङ क्लबमा पछिल्लो सदस्य बनेर यो काले झुल्किएको हो ।

यो कालेले दैनिक ५० मिटर जति टाढा पौडिने गरेको छ । सबैभन्दा अचम्म त के छ भने यस्तो जाडोमा पनि नअन्कनाइकन पौडिने गरेको चोङकिङ बिजनेस डेली पत्रिकाले आफ्नो समाचारमा जनाएको छ ।

क्लबका सदस्यमध्ये एक साङ चाङजियाङले भने, "गएको चार महिनादेखि यो काले नियमित रूपमा हामीसँग नडराइ पौडी खेल्ने गरेको छ । चार महिनाअघि त यसको उमेर जम्मा छ महिनाको मात्र थियो ।"

यो बिरालोको कला पछिसम्म कसैलाइ थाहा थिएन । दुर्घटनावश, क्लबका एक सदस्यले बोट चलाउँदा बोटमा बिरालो पनि थियो । उनले त्यो थाहा पाएनन् । पोखरीको बीचमा पुगेपछि अकस्मात बिरालो देखेर उनी आत्तिए । उनी आत्तिएको देखेर बिरालो पनि आत्तियो र पानीमा हाम्फाल्यो ।

बिरालो पानीमा हाम्फाल्यो, यसलाइ कसरी बचाउने होला भनेर सोच्दासोच्दै बिरालो त पानीमा पौडिन पो थाल्यो । यसपछि जुन हल्ला हुनुपर्ने थियो, त्यो त भइहाल्यो साथमा यो बिरालो पनि सानोतिनो सेलिब्रिटी बनिहाल्यो ।

यो बिरालो कत्तिको शोखिन छ भने हरेक दिनको साँझ ४ बजे पोखरीमा नुहाएर बाहिर नस्कँदा आफ्नो जिउमा छपक्कै भिजेको भुत्लालाइ झट्कारेर पानी झार्ने गर्छ । त्यसपछि अन्य क्लबका सदस्यझैँ एउटा सोफामा आफूलाइ अड्याएर आराम गर्ने गर्छ । उसको घर भन्नु चाहिँ नदी किनारमा राखिएका डुङ्गा हुन् । जसमध्ये एउटामा उसको स्थायी बास रहने गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,