Home» Around the World »Weird and Interesting

सान्ता क्लसको कीर्तिमान

कीर्तिमानी रहरेहरुको यो संसारमा कुनै कमी छैन । अब क्रिसमसअघिको एउटा घटनालाई नै लिऊँ न ।

रोमानियामा ४ हजारभन्दा बढी सान्ता क्लसहरु भेला भएर कीर्तिमान बनाएका छन् । हातभरि उपहार लिएर शहरको दायाँबायाँ उभिएका व्यक्तिहरुलाई उपहार बाँढ्दै हिँडेका थिए ।

३ हजार ९ सय ३९ जना व्यक्तिहरुले सान्ता क्लसका रुपमा भाग लिएका थिए । यो कीर्तिमानी जुलुस रोमानियाको राजधानी बुखारेस्टमा निस्किएको थियो ।

यस घटनालाई विश्व कीर्तिमानको रुपमा दर्ता गरिएको गिनिज वर्ल्ड रेकर्डका अधिकारीहरुले स्वीकार गरेका छन् । योभन्दा अघि ताइवानको ताइपेइमा २००३ मा ३ हजार ६ सय १८ सान्ताहरु सडकमा उत्रिएका थिए ।

सान्ताका रुपमा सडकमा ओर्लिएकी ७२ वर्षीया मारिया एसले भनिन्, "मेरा सबै समस्यालाई मैले घरमै छाडेर बाहिर निस्किएँ र मैले थाहा पाएँ, संसार रमाइलो रहेछ ।"

बुखारेस्टका मेयर सोरिन ओप्रेस्कुले भने, "बच्चा हाम्रा भविष्य हुन् र तिनलाई सुखद् आश्चर्य दिनु हामी अभिभावकको कर्तव्य हो । भुखारेस्टका बच्चाहरुलाई एकाबिहानै एउटा वा दुइ वटा सान्ता मात्र होइन, हजारौँ सान्ताले तिनलाई उपहार बाँढेर चकित तुल्याउँदै भविष्य प्रति आशावादी हुन सिकाउनु जरुरी छ ।"

बुखारेस्ट शहरले आउँदा दिनहरुमा दुइ नयाँ विश्वकीर्तिमानको तयारी गर्दै रहेको जानकारी पनि दिए । जसमध्ये एउटा संसारकै लामो ससेज (अन्दाजी ७ हजार ३ सय ८१ फिट) र अर्को चाहिँ छिमेकी शहर ब्रासोभमा संसारकै लामो क्रिसमस चिठ्ठी लेख्ने प्रतिस्पर्धा । यहाँका स्कूलले नानीहरुले १ हजार ३ सय ५७ फिट लामो इच्छापत्र सान्ताका नाममा लेखेका छन् । जसलाई गिनिज बुकले पनि मान्यता दिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह