Home» Around the World »Weird and Interesting

खोजेको माछा, पाइयो मूर्दा

अमेरिकाको फिलाडेल्फियास्थित एक घरपालुवा जनावर बेच्ने पसलले मगाउन चाहिँ आफ्ना जनावरलाइ खुवाउने माछा मगाएको थियो तर पसलसम्म आइपुग्दा त्यो अर्डर अर्कै रूपमा आएपछि पसलमा भागदौड मच्चिन पुग्यो ।

कारण थियो, माछाको ठाउँमा आइपुगेको मान्छेको मृत शरीर ।

पेन्ट्स पस नामक पसलका सञ्चालक मार्क अरेबियाले आएको सामान खोलेर हेर्दा त मान्छेको मृत शरीर पो पाए । उनले १ हजार डलरको माछा मगाएका थिए ।

जसरी सामान प्याक गरिएको थियो त्यो देखेर मार्कलाइ अचम्म त लागिसकेको थियो किनभने सधैँभरि अर्कै किसिमले प्याक गरेर आइपुग्ने माछा यस पटक लाम्चो आकारमा आइपुगेको थियो । "पहिलो पटक मैले जब सामान बोकेको भ्यानतिर गएँ र हेरेँ, मलाइ लाग्यो- यसरी त माछा कहिल्यै आउने गरेको थिएन", उनले आफ्नो आश्चर्य पत्रकारहरूलाइ बताए ।

प्याकेट खोलेर हेर्दा बल्ल उनले थाहा पाए, माछाको ठाउँमा मान्छेकै शरीर आइपुग्यो । तब उनले प्रहरीलाइ खबर गरे ।

प्रहरीका अनुसार उक्त शरीर ६५ वर्षे क्यालिफोर्नियाको सान डिएगोस्थित एक व्यक्ति हुन् । ती व्यक्तिलाइ जाँचका लागि पेन्सिलभेनियास्थित प्रयोगशालामा पुर्याउनु पर्नेमा एयरपोर्टमा नै गडबड भएकाले मार्कले यो शरीर पाएका थिए । उता माछा चाहिँ प्रयोगशालामा पुग्न बाध्य भयो ।

युएस एयरलाइन्सले यस सम्बन्धमा गहिरो दुःख व्यक्त गर्दै डेलिभरीको समयमा ड्राइभरहरूबीचको सूचना आदानप्रदानमा भएको गडबडीका कारण यस्तो हुन पुगेको बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो माया सुन्दरी गुगल सेलेब्रिटी इन्टरनेट भव्यता बलिउड मूर्ख्याइँ फट्याइँ श्रीमानश्रीमती नग्नता विज्ञापन परिस्थिति उपाय कीर्तिमान हलिउड मुद्दा मामिला उदारता यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology,