Home» Around the World »Weird and Interesting

सौर्य विमानले बनायो किर्तिमान

सौर्य ऊर्जाबाट उड्ने चालकरहित एउटा विमानले लगातार दुई हप्ता उडान गरेर नयाँ विश्व किर्तिमान बनाएको छ ।

जिफायर नामक उक्त विमानले अमेरिकाको एरिजोनास्थित सैन्य अड्डाबाट ९ जुलाईका दिन परीक्षणका लागि उडाइएको थियो ।



दुई सातासम्म आकाशमा उडेपछि विमान निर्माण गर्ने बेलायती कम्पनी काइनेटिकले आफ्नो उद्देश्य पूरा भएको भन्दै शुक्रबारलाई विमान जमिनमा उतारेको थियो ।

यो योजनाका प्रोजेक्ट म्यानेजर जोन साल्टमार्सले बीबीसीलाई भने- "हामी सफलताको यो कथाबाट निकै खुशी छौँ । कैयौँ वर्षो मिहिनेतले सफलता पाएकोमा हामी गद्गद् छौँ ।"

जिफायर नामक यो विमानले ६० हजार फिट उचाईमा मज्जाले र्सर्ूयको किरण भेला पार्न सकेको थियो । जसका कारण यसमा भएको सिलिकन सौर्य प्यानलको लिथियम सल्फर ब्याट्री मज्जाले चार्ज हुन सकेको थियो ।

राति चाहिँ उडानको बेला उचाईमा केही कमी आएको समाचारमा जनाइएको छ । तर ब्याट्रीमा पर्याप्त ऊर्जा रहेका कारण यो उडिरहन सम्भव भएको बताइएको छ ।

चालकरहित विमान एउटा पर्ूण्ा इन्धन भरिसकेपछि गरिएको उडानका लागि जिफायरले ३ सय ३६ घण्टा र २४ मिनेट उडेर विश्व किर्तिमान बनाएको छ ।

तर यसलाई गिनिज बुकले मान्यता दिनका लागि विश्व एयर स्पोर्ट्स् फेडरेशनका प्रतिनिधिहरु यो उडानका बारेमा विश्वस्त हुन जरुरी छ । किनभने उडानका बेला र त्यसपछि पनि पर्याप्त नियम पालन गरिएको छ छैन भनी उसले अध्ययन गरेर मात्र किर्तिमानको उपाधि दिने चलन छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code:
 
 
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
  
 
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal