Home» Cinema »Biography

दुस्साहसी साहस !


 
बुवाका तीन श्रीमती र घरबार सन्तानले भरिभराउ । जेठी आमाबाट चार जना सन्तान, माहिली आमाबाट मसहित अरु तीन जना छोराछोरी र कान्छी आमाका तर्फाट तीन जना भाइहरु, एउटा भारीभरकम परिवार थियो । बुवाको खेतीकिसानीमा व्यस्त । दैनिक ज्यालादारीका कामहरु, गाइपालनका काम थिए । ठूलो परिवार भएकाले खानलाई मुश्किल नै थियो ।

अर्काको बारीमा गएर फलफूल चार्ने, झैँझगडा गर्ने, विद्रोही सोचाई र फास्ट लाइफमा विश्वास थियो ।

एक पटक हामी आँप चोर्न गएका थियौँ । रुखमा चढ्ने काम मेरो थियो । आँप झारियो । पछि चौकिदार आएपछि म रुखमाथि नै रहेँ । तल चौकिदार, माथि म । दुइ घण्टासम्म चौकिदार र मेरो हेराहेर भयो र म विस्तारै तल झरेँ र फुत्त हाम्फालेर टाप कसेँ ।

म उति राम्रो विद्यार्थी होइन । बढी त हाहाहुहु मै बित्यो । त्यतिबेला शोले एकदमै हिट थियो । घरको छतछतमा हिँडेर गब्बर सिंहको डाइलग बोल्ने गरिन्थ्यो । फिल्म हर्ेन हामी स्कूल -भद्रपुर) बाट भागेर शुक्रबारका दिन सिलगुडीसम्म पुग्थ्यौँ । त्यो बेला ७५ पैसा थर्ड क्लासको टिकट काटेर हामी बिहान चार बजे घर आइपुग्थ्यौँ ।

पहिलो सिनेमा हेरेको त याद छैन तर मलाई याद भएसम्म मुकद्दरका सिकन्दर, शोले आदि सिनेमा हामीले हेर्‍यौँ । त्यो बेला यसरी सिनेमाको रस बस्यो ।

आठ कक्षाबाट म सक्रिय रुपमा नाट्य विधामा लागेँ । भद्रपुर हाइस्कूलमा रोटी भन्ने नाटक बद्रीनारायण शर्मा सरले लेख्नु भएको थियो, त्यसमा मैले अभिनय गरेको थिएँ । त्यसपछि वर्षवर्षा त्यहाँ कार्यक्रम गर्ने गर्दथ्यौँ । जसमा काठमाडौँबाट केही कार्यक्रमहरु लिएर जान्थे, तिनलाई हामीले व्यवस्थि तगर्न थाल्यौँ । म ती कार्यक्रमलाई अनाउन्स गर्थेँ ।

एसएलसीपछि म दार्जिलिङमा क्याम्पस पढ्न गएँ । त्यहाँ धेरै नाटक हुन्थ्यो त्यो बेला, मलाई त्यहाँ हुने नाटकले तानेको थियो । म पढ्नका लागि भन्दा पनि नाटक खेल्नका लागि तानिएको थिएँ । मैले त्यहाँ चार/पाँच वटा नाटकमा भाग लिएँ । सिनोरा मिस्त्री, चेतन खड्का आदि मेरो बेलाका चर्चित अनुहारहरु थिए । त्यसबेला बाँच्न चाहनेहरु प्रताप सुब्बाले छायाँकन गरिरहेका थिए, म सडकको भीडभाडमा अनुहार देखाउन आतुर थिएँ । पछि मैले हेर्दा त मेरो अनुहार पनि देखिएको रहेछ ।

२०३९ सालमा म काठमाडौँ आएँ । किनभने, दार्जिलिङका कलाकर्मीहरु पनि नाटकहरु लिएर काठमाडौँको बजार क्याश गर्न आउने गर्दथे । म पनि पनि त्यही आकर्षाले काठमाडौँ आएँ । किनभने त्यसबेला काठमाडौँमै सबैथोक केन्द्रित थियो । म काठमाडौँ पढ्ने निहुँमा आएको थिएँ । बुवालाई काठमाडौँमा पढ्छु भनेर ढाँटेको थिएँ । बुवाले महिनाको एक सय रुपियाँ पठाइदिनु हुन्थ्यो । आरआर क्याम्पसमा त्यसबेला प्रकाश शायमी, श्याम र्राई, विजय लामा, रत्नहजूर सेन त्यसबेला विभिन्न क्रियाकलापमा सक्रिय हुने गर्दथे । म पनि बेलाबेलामा अनुहार देखाउन पाउँछु कि भनेर प्रयासरत् थिएँ ।

२०३९ देखि २०४२ सालसम्म अनेक नाटक खेलियो । इतिहासभित्रको इतिहास, उसको कवितामा अब को रुँदैन, कला, चुइँया, वेटर एउटा बियरजस्ता नाटक मैले खेलेँ । नाटक महोत्सवमा अधिकांशमा भाग लिइयो । मैले नाटक खेलेको फोटोहरुको फायल बनाएको थिएँ । मैले त्यसबेला बक्सिङ खेलेको आदिको एउटा फायल बनाएको थिएँ । यही बेला सिक्किमबाट मशाल प्रताप सुब्बाले बनाउने भए । त्यही देखाएर मैले मशालमा काम पाएँ । मैले प्रताप सुब्बालाई दार्जिलिङमै चिनिसकेको हुनाले म पनि छानिएछु । म र सुशीला रायमाझी नेपालबाट छानिएका थियौँ । उताबाट फर्किएपछि नेपाल टेलिभिजनमा त्यही समूह नेपाल टेलिभिजनमा टेलिफिल्मतिर लागियो । मेरो पहिलो टेलिफिल्म बाचा बिर्सेको छैन थियो । बद्री मास्टर, सेतो गुलाफजस्ता टेलिफिल्ममा खेलियो । चक्रब्यूहले मलाई एउटा पहिचान दियो । त्यसपछि टाढाको बस्ती, राप, अलिखितजस्ता नियमित रुपमा हिटहिट सिरियलहरु आए ।

संर्घष्ाका दिनहरु

बुवाले महिनाको डेढ सय पठाउनु हुन्थ्यो । डेढ सय काठमाडौँको बसाइका लागि केही पनि हुन्थेन । गाउँमा कलाकारिताको स्कोप नदेखेकाले बरु दुखै होस्, काठमाडौँ नै जान्छु भन्ने थियो । त्यसबेलादेखि नै मेरो दूरगामी शोच थियो । पुरन जोशी, कृष्ण मल्ल, गौरीशंकर धुँजुजस्ता व्यक्तिहरुको संगतमा आएँ । पछिसम्म मेरो स्थायी डेरा थिएन । कहिले एउटा साथीकहाँ १५/२० दिन बसिदिन्थेँ, अर्कोकोमा १० दिन बसिदिन्थेँ । यसरी महिना कटाइन्थ्यो । कहिलेकाहीँ भद्रपुरबाट घुम्न आएकाहरुसँग नै महिनादिनसम्म घुमिदिन्थेँ र उनीहरुकै पैसा खर्च गरिदिन्थेँ । यस्तो थियो कलाकारिताको जिन्दगी !

कति दिन त खान नपाएर भोकभोकै पनि सुत्नु पर्दथ्यो । कहिलेकाहीँ गोजीभरि नाटक खेलेर कमाएको पैसा भएर पनि नाटक सकिएपछि खान नपाएर बिहान कहिले होला भनेर कुरिन्थ्यो ।

त्यो बेला इन्द्र साहुको एउटा पसल थियो ! म त्यो इन्द्र साहुलाई जिन्दगीभर कहिल्यै पनि बिर्सन सक्दिनँ । किनभने राति नाटक सकिन्थ्यो, ११ बजेतिर आउँदा पनि पसल खोलिदिन्थ्यो । दिनभरि बेचेर बाँकी रहेको चना, च्यूरा र पहेँलो रक्सी खाएर सुतिन्थ्यो । कहिलेकाहीँ त त्यो पनि पाइँदैनथ्यो । कहिलेकाहीँ त जिन्दगीबाट यति फस्ट्रेट हुइन्थ्यो कि बेकारमा यहाँ फसिएछजस्तो लाग्थ्यो तर फेरि के कारणले हो फर्ूर्ति आउँथ्यो ।

पब्लिक रिलेशन

त्यो बेला टेलिभिजनको यस्तो लोकप्रियता थियो कि दरबारदेखि घरबारबिहीन सम्मकाले हेर्थे र चिन्थे । माया गर्थे । एक पटक त युवराज दीपेन्द्र र युवराज्ञी श्रुति मलाई देखेर डराए । रानी ऐश्वर्याले मलाई बोलाएर कुशलक्षेम सोधेको मलाई हिजोजस्तो लाग्छ । त्यतिबेला नै हो, कमल थापालगायत राजनीतिक व्यक्तिहरुसँग चिनजान भएको । त्यसपछि मैले त्यही सम्बन्धलाई विस्तार गरेँ । नेताहरुले पनि महत्व दिन्थे । त्यसैबेला आनन्द अग्रवाल र प्रकाश टिबडेवालहरुसँग चिनजान भएको थियो ।

बिहेको कुरा

म जुन घर छेउमा भोटेबहालमा बस्थेँ, त्यहाँ मोक्तान अंकल बस्नुहुन्थ्यो । उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो । मोक्तान अंकलले नै मलाई बिहे गर्न उक्साउनु भयो । मैले आफ्नो बिहे गर्ने स्थिति नरहेको बताएँ । तर उहाँले बिहेपछि सबैथोक व्यवस्थित हुन्छ भन्नु भएपछि म पनि आफ्नो जीवन व्यवस्थित हुनर्ुपर्छ भन्ने कुरामा सहमत भएँ ।

मेरो श्रीमतीसँग भन्दा पनि मेरो ससुरासँग पहिले भेटघाट भयो । उहाँसँग पहिले त सँगै बसेर जाँड पनि खाइयो । (अहिले पिउन छोडेको धेरै भयो ।) उहाँहरुले मलाई भित्रभित्रै विचार गर्नुभयो क्यार, मन परेपछि उहाँहरु छोरी दिन राजी हुनुभयो । र, म एउटा विवाहित जीवन बिताउन थालेँ ।

म अझै पनि छक्क पर्छु उहाँहरुले मलाई कसरी मन पराउनु भयो भनेर छक्क पर्छु तर उहाँले आत्मविश्वास हेर्नु भएको रहेछ ।

बिहेपछि म फिल्ममा निकै व्यस्त भएँ । भाउजू फिल्म खेल्दा सबैभन्दा बढी २५ हजार रुपियाँ लिएको याद छ । एक पटक त चार वटा फिल्मसम्म भ्याएको छु । चाहना, प्रेमपूजा, मिलन र तपस्या फिल्मको सुटिङले त ज्यादै थकित थिएँ । यति धेरै दौडधूप गर्दा मुस्किलले पैसा पाइने । चार वर्षयसरी काम गरिसकेपछि म केही सोच्न बाध्य भएँ ।

नयाँ फड्को

२०४५ सालमा मैले एउटी युवतीसँग बिहे गरेँ । बेलायत बसेकी केटीलाई बिहे गरेपछि मेरो जीवन शैली नै परिवर्तित भयो । इमेजले मात्र खान दिँदोरहेनछ, त्यसका लागि त उद्यम गर्नुपर्ने रहेछ भन्ने चेत ममा खुल्यो । त्यसपछि मैले सिनेमा खेलेर मात्र जीवनमा फड्को मारिँदैन, सिनेमा बनाउनु चाहिँ पर्दोरहेछ भन्ने सोच पलाएपछि मैले फिल्म वर्ल्ड नामक फिल्म कम्पनी स्थापना गरेँ । जसबाट मैले पहिलो पटक ट्रक ड्राइभर सिनेमा निर्माण गरेँ । धेरैले सोच्छन्, मेरा बेलायती ससुराको पैसाले यो सिनेमा बनाएको होला ! तर दुःखका साथ भन्नुपर्छ, त्यस्तो भाग्यमानीमा म परिनँ । मैले आफ्नै मिहिनेतको बलमा सिनेमा बनाएँ र सिनेमा बनाउँदा मसँग मात्र तीन लाख रुपियाँ थियो । जबकि सिनेमा पूरा हुँदा त्यसको बजेट २८ लाख पुग्यो । त्यसबेला सिनेमा २०/२२ लाख रुपियाँमा सिनेमा बन्ने गर्थे ।

ट्रक ड्राइभर बनाउँदाका अप्ठेरा कठिनताको एउटा अर्को पक्ष छ तर यति भनौँ, त्यो बनाउँदा म यति ऋणमा थिएँ कि कलाकारहरुलाई मैले एक पैसा पनि दिएको थिइनँ । सबैलाई फिल्म रिलिजपछि मात्र दिनेछु भनेर बनेको थिएँ । प्राविधिक कार्यका लागि नेपाल चलचित्र विकास कम्पनीसँग पनि उधारोमा काम चलाइरहेको थिएँ । सुटिङका लागि मात्र थोरै पैसा मसँग थियो । अन्ततः सिनेमा तयार भयो । तर त्यो बेला नेपाली सिनेमा ठूला हलहरुमा चलाउनु भनेको फलामको च्यूरा चपाउनुसरह थियो । ठूला हलवालाहरुसँग मैले सल्लाह गरेँ, तर उनीहरुले कम्तिमा दर्ुइ वर्षकर्ुर्नुपर्ने जवाफ दिए । म खङ्ग्रङ्ग भएँ, यत्रो ऋण लिएर अझै दर्ुइ वर्षकुरुँ - त्यसैले म धेरै समय कर्ुर्ने अवस्थामा थिइनँ । त्यसैले सेल्युलाइडमा बनाएको सिनेमा भिडियो हलहरुमा रिलिज गर्न बाध्य भएँ । जिन्दगीको ठूलो रिस्क थियो यो । धेरैले गाली गरे, कराए- किन यस्तो रिस्क लिएको - मैले उनीहरुको सुझावलाई धन्यवाद दिँदै मलाई जे लाग्छ, त्यही गरेँ ।

कुमारी सिनेमामा फिल्म रिलिज हुनु दर्ुइ दिनअघि प्रिमियर शो गरेको थिएँ । गणेशमान सिंहले चलचित्र हेरेर दुइ शब्द बोलिदिनु भएको थियो र सिनेमाप्रति दर्शकको अगाध रुचि थियो । हाइभिजन हलहरुमा रिलिज गर्ने १५ मिनेटअघिसम्म पनि सिनेमाको भिडियो प्रिन्ट तयार थिएन । त्यतिञ्जेलसम्म दर्शकहरुको यस्तो विधि भीँड जम्मा भइसकेको थियो कि केहीबेर अझै अबेर भएको भए हलमा तोडफोड हुने सम्भावना बढी थियो ।

सिनेमा रिलिज भयो, पहिलो दिन स्वाभाविक थियो, दर्शक बढी नै हुन्छन् । दोस्रो, तेस्रो, चौथो दिन पनि सिनेमा हाउसफूलका साथ चलेपछि काठमाडौँबाट मैले त्यसबेला कम्तीमा ६/७ लाख फाइदा दियो । बाहिरबाट पनि राम्रै पैसा आयो । त्यसपछि सीता बनाएँ, घाटा भएन । त्यसपछि बनेका अन्य फिल्महरुपछि 'अल्लारे'ले राम्रो व्यापार गर्‍यो । अल्लारे बनाउनुअघि मैले आफ्नो डिष्ट्रिब्यूसन अफिस खोलेँ । त्यो खोल्नुको उद्देश्य चाहिँ तुरुन्त क्याश फ्लो होस् भन्ने उद्देश्य थियो । त्यो उद्देश्य सफल पनि भयो । काठमाडौँ र नारायणघाटमा अफिस खोलेको थिएँ ।

दरबार हत्याकाण्डपछि

दरबार हत्याकाण्डपछि भने नेपाली चलचित्रको व्यवसाय विस्तारै खस्कियो । त्यसपछि सिनेमाको व्यापार खस्किदै जान थालेपछि उनले बनाएका यो मायाको सागर र मितिनी उति राम्रोसँग चल्न सकेनन् । तर घाटा पारेनन्, यति कला चाहिँ उनले यसबीचमा सिकिसकेका थिए । तर यसबीचमा टेलिभिजनमा 'अपराध' श्रृंखला बनाए । दुइ वर्षयही काममा व्यस्त भएपछि उनले उनको सबैभन्दा महत्वाकांक्षी चलचित्र 'छोरी' बनाउने घोषणा गरेका थिए । तर अन्य सहयोगीहरुसँग लगानीको कुरा नमिलेपछि भने उनले त्यो योजनालाई थाती राखेर अर्को सिनेमाको तयारी गरिरहेका छन् र सिनेमा वैशाखदेखि शुरु गर्ने तयारी गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,