Home» Around the World »Weird and Interesting

मरेको अभिनयले शहरमै रुवाबासी

१० वर्षो एउटी बालिकाले मरेको अभिनय गरेको गुगलको स्टि्रट भ्यू क्यामेराले खिच्न भ्याएपछि बेलायतको वोरसेस्टर शहरमा केहीबेर रुवाबासी चल्यो । अजुरा बिबिजुआन नामक ती बालिका आफ्नो घरको छेउमै टाँसिएको सडकमा मुन्टो निहुर्‍याएर सुतेकी थिइन् । यतिबेलै गुगल स्टि्रट भ्यूले चित्र खिच्यो र त्यसलाई अनलाइनमा पनि हालिहाल्यो । त्यसरी सकडमा कोही सुतिरहेको कुरा मरिरहेको जस्तो देखिएपछि हल्लीखल्ली मच्चिएको डेली मेल पत्रिकाले जनाएको छ ।

त्यसलगत्तै आत्तिएका शहरबासीहरुले गुगलसँग सर्म्पर्क गरी त्यो कसैको हत्या भएको हुनसक्ने सम्भावना औँल्याए । र, अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछन् । तर पछि थाहा भयो, त्यो त अजुरा बिबिजुआन पो रहिछन् ! शहर वरपर आफ्नै मृत्यु भएकोबारे सोधखोज हुन थालेपछि प्रतिक्रिया दिँदै भनिन्- "मलाई गुगल स्टि्रट भ्यूका बारेमा केही थाहा छैन । म केही साथीहरुसँग खेलिरहेकी थिएँ, त्यो बेला मैले आफू मरेको खेल खेलेको हुनाले त्यसरी नै भुइँमा मुख जोत्नुपर्ने थियो । त्यसपछि म खेलमा मस्त भएँ, मलाई त केही पनि थाहा छैन ।"

"वास्तवमा आफू मरेको खेल्नु पनि कम्ता रमाइलो हुँदो रहेनछ !" शहरका मान्छेको चासो बढेको थाहा पाएपछि उनले भनिन्- "अझ त्यो कुरा इन्टरनेटमा आउँदा त झनै !"

उनकी ४३ वषर्ीया आमा सायरालाई यो घटनाले रमाइलो महसूस गराएको छ । टोलभरिका महिला भेला भएर छोरीको कुशलक्षेम सोधिरहेका जो छन् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country