Home» Around the World »Weird and Interesting

यौनाङ्ग महोत्सवले पर्यटकको घुइँचोको आशा

जसरी स्कटल्याण्डमा रक्सी महोत्सवका कारण त्यहाँ पर्यटकहरुको घुइँचो लाग्छ, त्यसैगरी आफ्नो देशमा यौनाङ्गका मासुहरुको परिकार पर््रदर्शनी र प्रतियोगिताले पर्यटकहरु कसो नआउलान् भनी र्सर्बियाका भान्सेहरु यसलाई लक्ष्य बनाइरहेका छन् । उनीहरुले वाषिर्क रुपमा विभिन्न जनावर तथा पंक्षीका यौनाङ्गहरुको परिकार पस्कन्छन् र पर्यटकहरु त्यसलाई स्वाद मानी-मानी खान्छन् ।



तर र्सर्बियाली मासु परिकार बनाउने भान्सेहरुले चाहिँ पर्यटकहरु अहिले उति आउन थालेको चाहिँ पाएका छैनन् । तर पनि आफ्नो लक्ष्यमा अडिग रहँदै उनीहरुले वाषिर्क रुपमा भव्य यौनाङ्ग परिकार महोत्सव मनाइरहेका छन् । यस पटकको यो महोत्सव चाहिँ सातौँ हो । जहाँ टेस्टिकल कुकिङ वर्ल्ड च्याम्पियनशीप आयोजना हुँदैछ । यसमा स्वादिला परिकार बनाउन सक्ने संसारभरकै भान्सेहरु आइपुग्ने आशा गरिएको छ ।

महोत्सवमा साँढे, घोडा, शार्क, अस्टि्रच, कंगारु, गधा, खसीबोकालगायत अन्य जनावरहरुका यौनाङ्ग पकाइनेछ । रोचक त के छ भने पकाइएका यी आहारहरु सहभागीहरुको नजरमा जुन उत्कृष्ट हुन्छ, तिनलाई पुरस्कारसमेत दिइने बताइएको छ । यी अनौठा परिकार चाख्नकै लागि भए पनि पर्यटकहरु यहाँ आइपुग्ने मेलाका आयोजक इभो मोकोभिचले बताए ।

महोत्सव अगस्त २७ देखि २९ सम्म आयोजन भइसके पनि कसले जित्यो पुरस्कार भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,