Home» Around the World »Weird and Interesting

व्यस्त ठाउँ कसरी खाली बनाउने ?

चीनका अधिकारीहरुले पार्कमा रहेको बेन्च खाली गराउने ज्यादै उत्तम तरिका फेला पारेका छन् । हुन पनि चीन संसारमै सबैभन्दा बढी मानिस भएको देश हो । त्यहाँका पार्कहरु यति भरिभराउ हुन्छन् कि बसेको ठाउँबाट मानिसहरु उठ्ने बित्तिकै उनीहरुको बस्ने पालो नआउन सक्छ । त्यसैले पनि बसेको ठाउँ ओगट्नु उनीहरुको बाध्यता पनि हो ।



तर यस्तो अवस्थामा चाहिँ चीनका अधिकारीहरुले कमाउने राम्रो अवसरका रुपमा लिएका छन् । पार्कमा राखिएका बेन्चमा निश्चित समयपछि ग्राहकहरु उठेनन् भने स्वचालित रुपमा त्यहाँ घोच्ने काँटीहरु उम्रिन्छन्, जसका कारण बाध्य भएर मानिसहरु वेन्च छोड्नुपर्ने हुन्छ । यस्तो बेलामा बुद्धि पुर्‍याउन सक्यो भने ती काँटीहरु पुनः पर्ूववत् ठाउँमा जान्छन् र घोच्न छोड्छन् । त्यसका लागि छेउमा भएको बाकसमा केही सिक्का हाल्नुपर्ने हुन्छ ।

लामो समय एउटै बेन्चमा बसेका मानिसहरु देखेर तिनीहरुबाट कमाउन यो बुद्धि लगाइएको पर्ूर्वी चीनस्थित शाङदोन प्रान्तमा रहेको यानताई पार्कका अधिकारीहरुले बताएका छन् ।

यहाँ उम्रिने काँटीहरु छोटाछोटा हुने हुनाले यसले घोच्दा घाइते चाहिँ पार्दैनन् । तर लामो समयसम्म त्यस्तो अवस्थामा बसिरहन चाहिँ मानिसलाई सहज हुने छैन । यसका लागि छेउका बाकसमा केही सिक्का हालेको खण्डमा बस्न सहज हुनेछ ।

यो किसिमको सोच चाहिँ पार्कका अधिकारीहरुको जर्मनी भ्रमणताका खुलेको थियो । जहाँ, फाबियान ब्रुजिङले यस्तै किसिमको बेन्च बनाएका थिए । फाबियानले आफ्नो चित्रकला पर््रदर्शनीमा यो बेन्चको सिर्जना गरेका थिए । उनले यस्तो बेन्च सिर्जना गर्नुको उद्देश्य "आधुनिक जीवनको व्यवसायीकरण"विरुद्ध आवाज उठाउनु थियो । तर त्यसैको सिको गरेर चिनियाँ अधिकारीहरुले आधुनिक जीवनलाई व्यवसायीकरण गरिदिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,