Home» Around the World »Weird and Interesting

संसारकै होचा भनेर अर्का थपिए

कोलम्बियाका एर्डवर्ड निनो हर्नान्डेजलाई संसारकै होचो व्यक्तिको पगरी दिइएको छ ।

यी नयाँ व्यक्तिको उचाई २७ इन्च रहेको छ भने १० किलो वजनका छन् । २ वर्षछि उनी बढ्नै बिर्सिएका थिए । २४ वर्षा हर्नान्डेज पार्ट टाइम डान्सरका रुपमा काम गरिरहेका छन् । उनी भन्छन्- "म अनौठो भनी सबैले हर्ेदा मलाई रमाइलो लाग्छ र म रमाइलो भएका कारण मलाई सधैँ रमाइलो महसूस हुने गर्दछ ।"

तर उनको यो कर्ीर्तिमान पनि धेरै दिनसम्म रहने छैन किनभने यही अक्टोबर महिनामा खगेन्द्र थापा मगर १८ वर्षपुगेपछि उनको पगरी थुतिने छ । किनभने १८ वर्षपुग्ने बित्तिकै २२ इन्च मात्र उचाइ भएका खगेन्द्र वयस्कहरुमध्येका सबैभन्दा होचा व्यक्तिका रुपमा गनिने छन् ।

संसारकै इतिहासमा सबैभन्दा होचा व्यक्तिका रुपमा गुल मोहम्मद रहेका छन् । उनको उचाई २१ इन्च मात्र रहेको थियो ।

हर्नान्डेजकी आमा नियोमी भन्छिन्- "४० सेमीभन्दा उनका छोरा अहिलेसम्म किन बढेनन् भनेर डाक्टरहरुले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।" उनका अर्का छोरा मिगेल पनि ३७ इन्च अग्ला मात्र रहेका छन् ।

हर्नान्डेजले ८ कक्षासम्म पढेका छन् भने डिपार्टमेन्टल स्टोरहरुमा नाचेर आफ्नो जीविका चलाउने गरेका छन् । उनी एउटा फिल्ममा अभिनय पनि गरिरहेका छन् । त्यसमा उनी लागू औषध तस्करको भूमिका देखिएका छन् ।

हर्नान्डेज भन्छन्- "मानिसहरु मलाई फर्कीफर्की हर्ेछन्, मलाई ध्यान दिन्छन् । मलाई यो रमाइलो लागे पनि मलाई काखमा लिएको चाहिँ मन पर्दैन । म बच्चा होइन, मलाई काखमा राखेको पटक्कै मन पर्दैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,