Home» Around the World »Weird and Interesting

भ्रष्टाचारको नमूना

जनताले दुःख गरेर कमाएको पैसामा पनि सरकारले कर लगाउँछ र त्यो करले देश विकासका लागि भनेर विभिन्न विकासका कार्यक्रम घोषणा गर्छ, सडक बनाउँछ, आदि इत्यादि । तर अष्ट्रीयाका सरकारी अधिकारीहरुले भ्रष्टाचारको त नमूना नै पेश गरेका छन् । त्यो पनि एउटा सुपरहाइवे बनाएर त्यसलाई यसरी रद्दी बनाइएको छ कि त्यो ठाउँ एक ताका सुपरहाइवे हो भन्ने कुरा मानिसहरु पत्याउनै गाह्रो मान्नेछन् ।



चित्रमा देख्नुभएको ठाउँ वास्तवमा गज्जबको हाइ वे हो । त्यसलाई केही ५ वर्षघि १ करोड अमेरिकी डलर खर्चेर बनाइएको थियो । यो सडक चाहिँ अष्ट्रीयाको पर्यटकीय गाउँ ट्रबिसङसम्म पुग्नका लागि बनाइएको थियो । त्यहाँका स्थानीय जनतासँग छलफल नचलाई बनाइएको यो सडकको त्यहाँ धुँवाधार विरोध भयो ।

त्यसपछि चिल्लो सडक भत्याइयो र १७ लाख पाउण्ड खर्चेर यसलाई भत्काइयो । बरु त्यो सडकमुनि गाउँका फोहोरमैला व्यवस्थापन गर्ने सुरुङ खनियो ।

अब अहिले राजमार्ग गाइबस्तुको चरन क्षेत्रमा परिणत भएको छ । अहिले यहाँ भएको परिवर्तनका लागि गिनिजलाई विश्वकर्ीर्तिमानका लागि अनुरोध गरिएको छ । स्थानीय बासिन्दाले यसलाई संसारकै महँगो चरन क्षेत्रको रुपमा यसलाई ख्याति दिलाउन माग गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,