Home» Around the World »Weird and Interesting

उडूसले दुःख दियो

हालै भएको एउटा र्सर्भेक्षणमा उडूसको समस्या दिनप्रतिदिन बढेको देखिएको छ । अमेरिकाका दर्ुइ संस्थाहरु युनिभर्सिटी अफ केन्टकी र नेशनल पेस्ट म्यानेजमेन्ट एशोसिएसन -एनपीएमए) ले संसारभरका यस्ता किरा नियन्त्रण गर्ने औषधि उत्पादकहरुको र्सर्भे गरेका थिए । यो र्सर्भेले संसारभर उडूस बढेको पत्ता लागेको हो ।

एनपीएमका अध्यक्ष मिस्सी हेनरिक्सनले अमेरिका मात्र नभई संसारभर नै उडूसको महामारी बढ्ने संकेत देखिएको बताएका छन् । बेलायतका केही होटलहरुमा उडूसको आतंकका कारण केही कुकुरहरुलाई समेत जागीरमा समेत राखिएको छ । यी कुकुरहरुले होटलमा रहेका जुनसुकै कोठामा उडूस छन् कि छैनन् भनेर पत्ता लगाउने काम गर्छन् ।

अमेरिकामा त उडूसको समस्या पहिलेदेखि नै थियो । अहिले अचानक यिनीहरुको पुनरुत्थान भएको चेतावनीसमेत दिइएको छ । उडूसकै कारणले न्यूयोर्कका ठूला कार्यालय, सिनेमाघरहरु र पसलसमेत बन्द गर्नुपरेको छ । बन्द हुने सूचीमा महँगो अन्डरवेयर बेच्ने चर्चित पसल भिक्टोरियाज सिक्रेट पनि रहेको छ ।

उडूसकै समस्या समाधान गर्नका लागि नेताहरुले तुरुन्त कदम उठाउनु परेको छ । न्यूयोर्कमा त कानून नै बनाइएको छ । यदि आफ्नो घरमा उडूस छ भने त्यसको जानकारी घरवालाले बहालवालालाई जानकारी दिनै पर्छ । यदि बिना जानकारी बहालवालालाई दिइएको खण्डमा र उडूस पाइए ठूलो रकमको मुद्दामा पर्न सक्छन् ।

त्यस्तै गरी, स्कूलमा पनि उडूस पाइएको खण्डमा आफ्ना विद्यार्थीका अभिभावकहरुलाई जानकारी दिनुपर्ने कानून पारित गरिएको छ ।

त्यसो त विशेषज्ञहरुले १० वर्षघिदेखि नै यो कुराको जानकारी दिएका हुन् । तर अहिले आएर मात्र अमेरिकीहरुले यसको गम्भीरता चाल पाएका छन् ।

उडूस यसरी हृवात्तै कसरी बढे त - केही विशेषज्ञहरुको धारणामा, दोस्रो विश्वयुद्धभन्दा अघि उडूस नियन्त्रण भएका थिए । त्यसपछि सरकार, जनता र सबैको ध्यान उडूसबाट हट्यो ।

पर्यवारणमा आएको परिवर्तन र अन्तर्रर्ााट्रयस्तरमा मानिसहरुको आवत-जावतका कारण उडूसले पनि विदेश भ्रमण गरेको हुनसक्ने मानिएको छ । उडूस नियन्त्रण गर्नका लागि प्रयोग गरिने कीटनाशक औषधि पनि उपयुक्त नभएका कारण यसको संख्या लगातार बढिरहेको बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: