Home» Around the World »Weird and Interesting

जाँड पसलेको सित्तैमा सल्लाह

जर्मनीको बर्लिन शहरमा रहेको एउटा रक्सी पसल र पब सञ्चालकले लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेका युवाहरुका लागि सल्लाह दिने बेग्लै विभाग खोलेको छ । बर्लिनको दक्षिणमा रहेको न्यू कोलिन जिल्लाको किन्डल क्लाउज नामक उक्त पबले कामका बारेमा विभिन्न सल्लाह र सुझाव दिने गरेको यसका सञ्चालक माइकल हसुचाले बताएका छन् ।

"मेरा ९८ प्रतिशत ग्राहकहरु लामो समयसम्म बेरोजगारी समस्यबाट पीडित भएका कारण उनीहरुले कुनै जागीर पाउन सकून् भनी मैले यो सेवा सुरु गरेको हुँ", माइकलले भने- "अधिकांशले कफी र कोला खाएर सित्तैमा सुझाव लिँदै र्फकने गरेका छन् ।"

त्यसो त उनले आफ्नो सेवा प्रयोग गरेबापत् त्यहाँ रक्सी, जाँड या कुनै अलि महँगो वस्तु नपिएको वा नखाएकोमा उनलाई दुःख छैन । उनी विश्वस्त छन्, उनीहरुले यदि जागीर पाए भने त्यहाँ अवश्य पनि रमाइलो गर्ने र पिउने विभिन्न बहानामा आउने छन् ।

शुक्रबारको दिउँसो २ बजेदेखि ५ बजेसम्म दर्ुइ जना सामाजिक कार्यकर्ताहरुले त्यहीँ आएर विभिन्न किसिमका सुझाव, सल्लाह र जागीर पाउन सक्ने टिप्सहरु दिने गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: