Home» Around the World »Weird and Interesting

यस्तो पनि एउटा गोल

अहिले इन्टरनेटमा संसारकै हास्यास्पद गोलकिपरको चर्चा छ । केही व्यक्तिको दाबी अनुसार त मोरक्कोका ती गोल किपर इतिहासकै सबैभन्दा उदेकका व्यक्तिमध्येमा गनिनु पर्ने बताइन थालिएको छ ।

भयो के भने, मोरक्कोको राष्ट्रिय फुबटल प्रतियोगितामा दर्ुइ टोलीबीच खेल भइरहेको थियो । फार रबाटका विरुद्ध मोगरेब फेसको यो ज्यादै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयसम्म पनि को विजेता होला भन्ने निर्ण्र्ााहुन सकेको थिएन । यस्तो बेलामा खेलको विजेता छान्नका लागि पेनाल्टी नै उपयोग गर्नुपर्ने भयो ।

यही अवसरमा रेप|mीले पेनाल्टीको घोषणा गरे । फालिद अस्क्रीले पोष्टमा गोल नछिराउन आफ्नो दमदार उपस्थिति जनाए । उनको प्रतिस्पर्धी टोलीका एक खेलाडीले बेस्कन गोल हाने । फालिदले त्यो गोललाई रोके । कसरी रोके भने आइरहेको बललाई उनले ठेलेर पर हुत्याए । बल पर हुत्याउँदा पर नहुत्ती माथिबाट तल, तलबाट माथि गर्न थाल्यो । गोलकिपर फालिदले ठाने, मैले गोल रोकेँ । उनी खुसीले हुत्तिदै दर्शकदर्ीघातिर बल रोकेको खुसियालीमा चिच्याउन थाले तर बललाई यो कुरा मन परेन । बल विस्तारै गुड्किँदै गोल हुन पुग्यो ।

यता गोलकिपर खुसीमा दर्शकतिर चिच्याउने उता दर्शक चाहिँ अनौठो गोल भएकोमा झन् बेस्कन चिच्याउने ! दर्शकहरुले मेरो कत्रो मान मर्यादा गरेको भनेर गोलपोष्टतिर नजर दौडाउँदा त अघि नै गोल भइसकेको पाउँदा विचरा फालिदको जमीन धसिएझैँ भयो । यो गोललाई रेप|mीले समेत मान्यता दिएपछि मोगरेब फेस नामक टोली सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

"एकै छिन गोलपोष्टमा गोल हुनबाट रोक्दा खालिद अस्क्री हिरो बनेका थिए तर केही सेकेण्डमा उनी उनी हिरोबाट जीरो बनिसकेका थिए, जुन उनलाई समेत थाहा हुन सकेन", क्रोनोफुट वेबसाइटले लेखेको छ- "शायद यो फुटबल इतिहासकै सबैभन्दा उदेकको पेनाल्टी हुनसक्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country