Home» Around the World »Weird and Interesting

रक्सी र चुरोट बढी प्रयोग गर्न मन्त्रीको आग्रह

रुसका अर्थमन्त्रीले आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाउन बढीभन्दा बढी रक्सी पिउन तथा धूमपान गर्न आग्रह गरेका छन् । अर्थमन्त्री अलेक्र्साई कुद्रिनले देशको अर्थतन्त्रलाई उँभो लगाउन यसरी चुरोट र रक्सी पिउन आग्रह गरेका हुन् ।



"तपाईंले एक पकेट चूरोट र एक बोतल रक्सी दिनमा बढी पिउनु भयो भने राष्ट्रमा भएका सामाजिक समस्याहरु समाधान गर्नेतर्फतपाईंको पहल भएको मानिनेछ", उनले एउटा कार्यक्रममा भने- "जसले पिउँछ, त्यसले राष्ट्रलाई सहयोग गरिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ ।"

रुसमा रक्सी र चूरोटको प्रयोग यूरोपमा सबैभन्दा बढी हुने गरेको छ । यूरोपभरिकै सबैभन्दा कम कर लगाइएका कारण यसको खपत रुसमा बढी भएको हो । अहिले चूरोट र रक्सीमा बढीभन्दा बढी कर लगाउने तयारी भइरहेको अवस्थामार् अर्थमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

सरकारले जनताको जीवनस्तर सुधार्न र लामो समयसम्म बचाउनका लागि कार्यक्रम ल्याइरहेका बेला अर्थमन्त्रीले भने धेरैको ज्यान जाने कारण बनेको रक्सी र चूरोट प्रयोग गर्न आग्रह गर्नुलाई उदेकको क्रियाकलाप ठानिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: