Home» Around the World »Weird and Interesting

ओरङगुटनलाई डाइट

बेलायती चिडियाघरमा रहेको ओसाइन नामक यो ओरङगुटनलाई हिजोआज खान खान उति रुचि छैन । यसको मुख्य कारण चाहिँ उसको खानामा गरिएको कटौती नै हो । अब सुँगुरको मासु ज्यादै रुचाउने र छाक पिच्छे नै "पोर्क" चाहिने उसलाई अहिले पशु चिकित्सकहरुले खानामा कटौती गर्ने सल्लाह दिएपछि उसलाई खानामा रुचि हुन छाडेको हो । उसको खानामा तरकारी र फलफूल मात्र हुने गरेको छ ।



जम्माजम्मी १ सय केजीको ओसाइनलाई खानामा कटौती नगर्ने हो भने मोटाएरै उसको मृत्यु हुनसक्ने चेतावनी हालै पर्बेकस्थित मङ्की वर्ल्ड एप रेस्क्यु सेन्टरले दिएपछि उसको खानामा कटौती गरिएको हो । अब उसले फलफूल, सलाद र तरकारीजन्य खानेकुराहरु मात्र खानुपर्ने भएको छ ।

दक्षिण अप्रिmकाबाट १३ वर्षघि सानो बच्चो छँदै ल्याइएकी ओसाइन उनको उमेर र उचाईअनुसार दोब्बर मोटी र थसुल्ली भएका कारण खानामा कटौती गर्नुपरेको मङ्की वर्ल्डकी निर्देशक डा. एलिसन क्रोनिनले बताएकी छिन् । उनले भनिन्- "उनको शरीरलाई चाहिने व्यायामका लागि हामीले विशेष किसिमको घर बनाइदिएका छौँ । उनलाई दिइएको खाना र उनका लागि छुट्याइएका व्यायामपछि उनको शरीर घट्ने आशा हामीले लिएका छौँ ।"

ओसाइन आवश्यकताभन्दा मोटी भएकै कारण उसको परिवारबाट छुट्याइएको छ । एक्लै भएपछि खानामा नियन्त्रण गर्न सकिने भएकाले एक्लै राखिएको बताइएको छ । मोटाइमा नियन्त्रण आउने बित्तिकै उसलाई पुरुष ओराङगुटनसँग राखेर गभर्वती बनाइने योजना रहेको पनि उनले बताइन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: