पर्ूर्वी बेलायतको लिङ्कनशायर प्रहरीलाई स्थानीय चोर-डाँकाहरुलाई पक्राउ गर्न ट्रयाक्टर उपहार दिइएको छ । गाउँमा प्रायः चोरहरु खेतैखेत भाग्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न नसकिएको बरु उनीहरुलाई खेद्नका लागि बाइक वा कारभन्दा पनि सजिलो ट्रयाक्टर नै हुने देखिएकाले स्थानीय गाउँलेहरुको सहयोगमा प्रहरीलाई ट्रयाक्टर उपहार दिइएको समाचारमा जनाइएको छ । ट्रयाक्टरमा प्रहरीको साइरन र नीलो रङको फ्ल्यास बत्ती पनि रहेको बताइएको छ ।
जोन डिरी ६६३० नामक यो ट्रयाक्टरका कारण त्यहाँ हुने आपराधिक गतिविधि निकै कम हुने आशा गरिएको छ । यो ट्रयाक्टरलाई लिएर प्रहरी अधिकारीहरुले बेलाबेलामा भ्रमणमा जाने, किसानहरुको बजार, खेतीकिसानी डाक बढाबढ तथा अन्य कार्यक्रमहरुमा उपस्थिति जनाउने भएका छन् ।
यसो गर्दा लिङ्कनशायरको खेतीकिसानीलाई चर्चामा ल्याउन सहयोग पुग्नेसमेत देखिएकोले यो ट्रयाक्टर उपहार दिन स्थानीयबासीहरु उत्प्रेरित भएका हुन् ।
क्षेत्रका मुख्य निरीक्षक फिल भिकर्ेसले भने- "प्रहरीको पेट्रोलिङ ट्रयाक्टरमा हुने कुरा अलि हाँसो उठ्दो त देखिएला नै तर यो घटनाले गाउँमा समेत प्रहरीको उपस्थिति राम्रो छ है भन्ने सकारात्मक सन्देश दिन सफल भएको छ । कहिलेकाहीँ, गाउँमा हुने ससाना चोरीले पनि मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । त्यसैले त्यस्ता बदमासी र चोरीका घटना नहुन् भनेर यो अभियान थालिएको हो ।
यता राष्ट्रिय किसान संघका निर्देशक रिचर्ड हेज्लेटले भन्छन्- "प्रहरीको उपस्थितिले गाउँमा त्यसै पनि परिवर्तन आइसक्यो । गाउँको अपराध रोक्न प्रहरीको मुख ताक्ने भन्दा पनि हामीले एकअर्कालाई कसरी सहयोग गर्न सक्छौँ भन्ने कुरा मूल कुरा हुनेछ । तर के कुरा पक्का हो भने लिङ्कनशायरका प्रहरीको राम्रो बन्दोबस्ती देखेर प्रहरीले यो क्षेत्र "नो थिभ्स एरिया" चाहिँ भइसक्यो होला !"