Home» Around the World »Weird and Interesting

राजनीतिज्ञको गफ अनलाइनमा हिट

प|mान्सेलीहरु अलि बढी नै रोमान्टिक हुन्छ भनेको कुरा सत्य नै हो कि क्या हो - त्यहाँका राष्ट्रपति निकोलस सार्कोजी मोडललाई बिहे गरेर चर्चामा आए । अहिले अर्की एक राजनीतिक नेता चर्चामा छिन् । पर्ूव न्याय मन्त्री रचिदा दाती त्यसै पनि ग्ल्यामरस नेत्रीका रुपमा परिचित छिन् । अहिले उनले गरेको रोमान्टिक कुरा इन्टरनेटभरि चर्चा कमाइरहेको छ ।



तर उनले चाँच्चाँडो बोल्दा आफ्नो बोली कहिलेकाहीँ चिप्लिने गरेको र त्यसबेला आफ्नो बोलीको ठेगान नहुने बताएकी छिन् ।

"म अति चाँडो बोल्छु र त्यो बानीले मलाई कहिलेकाहीँ अप्ठेरोमा पनि पार्छ । अहिले इन्टरनेटमा मेरो बोली भनी छाएको कुरा सत्य हो । म चाँच्चाँडो बोल्दा जुन किसिमको हास्य रस उत्पन्न भएको छ, त्यो कुराले मलाई भने चिन्तामा पारेको छैन । मानिसहरुलाई रमाइलो लागिरहेको छ भने त्यो मेरा लागि पनि खुसीकै कुरा हो", उनले भनिन् ।

अविवाहित दातीले प|mान्सेली टीभी क्यानल प्लसलाई अन्तरवार्ता दिँदा प|mान्समा विदेशी लगानीका विरुद्धमा बोलेकी थिइन् । तर उनीसित अन्तरवार्ता लिँदै गर्दा उनी तनावमा आइन् र यति छिटो बोलिन् कि त्यो सबैका लागि हाँसो सिर्जना गर्ने कमेडी बन्यो ।

उनले त्यति चाँडो बोलेको कुरा सुरुमा प|mान्सेली वेबसाइट लेपोस्टडटएफआरमा हालिएको थियो । त्यो भिडियो त्यहाँ १ लाख २० हजारभन्दा बढीले हेरेर हिट भइसकेपछि युट्युब र डेलीमोशनमा हालिएको थियो । र, त्यहाँ पनि अत्यधिक दर्शकले मन्त्रीको छिटो बोलाईलाई रुचाएका थिए ।

गएको वर्षउनको मन्त्रालयमा नै फेशनयुक्त पहिरन लगाएका कारण उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो । त्यो समाचारलाई एउटा पत्रिकाले कभरस्टोरी बनाएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,