Home» Around the World »Weird and Interesting

आर्थिक मन्दीले बिहे गर्ने घटे

अमेरिकामा आर्थिक मन्दीको असर नराम्रोसँग परेको छ । प्राविधिक रुपमा लामो आर्थिक संकटबाट अमेरिकाले सन् २००९ को मध्यतिर नै त्राण पाएको भनिए पनि त्यसको प्रभाव अहिलेसम्म रहेको एक र्सर्भेक्षणले देखाएको छ ।



आर्थिक समस्याका कारण गत वर्षबिहेमा हृवात्तै कमी आएको तथा धनी र गरिवबीचको खाडल पुरिनुको सट्टा अझ गहिरिएको सरकारी र्सर्भेक्षणमा उल्लेख छ ।

हालै र्सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार बेरोजगारी १० प्रतिशतले वृद्धि भएको र यसको वृद्धिदर अझै पनि ९.६ प्रतिशत रहेको छ ।

"काम नपाएर १० औँ लाख मानिसहरु घर बसिरहेका छन्, देशका अधिकांश राज्यमा गरिवी बढेको छ । जसका कारण बालबालिकाहरु नराम्ररीप्रभावित भएका छन्", जनसंख्या विभागका उपाध्यक्ष मार्क माथरले भनेका छन् ।

आर्थिक सूचकाङ्कले अर्थतन्त्रमा सुधार भएको देखाए पनि वर्षौंपछिसम्म पनि मन्दीको असर परिवार र केटाकेटीहरुमा देखिइरहने उनले बताएका छन् ।

विभागले र्सार्वजनिक गरेको विवरणमा रोचक पक्ष के छ भने सन् २००० पछि गत वर्षसबैभन्दा कमले बिहे गरेका छन् । सन् २००० मा लगनगाँठो बाँध्ने उमेर पुगेका ५७ प्रतिशतले बिहे गरेकोमा गत वर्ष५२ प्रतिशतले मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए ।

बढ्दो सम्बन्ध विच्छेद, अविवाहित महिला-पुरुषहरुको सँगै बस्ने प्रवृत्ति, पुरुषको तुलनामा महिलाहरुले चाँडै काम पाउने तथा बेरोजगार पुरुषहरुको संख्यामा अनपेक्षित वृद्धिका कारण बिहेमा कमी आएको विश्लेषण गरिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: