Home» Around the World »Weird and Interesting

हेलिकप्टरबाट भ्यानको उद्धार

स्वीजरल्याण्डका एक कार चालकले आफ्नो भ्यानलाई अप्ठेरो पहाडको यति साँघुरो बाटोमा कुदाउन चाहे कि उनको केही नलागेर हेलिकप्टरबाट उनी र उनको भ्यानको उद्धार गर्नुपर्ने स्थिति आयो ।



भ्यानका चालक र्रबर्ट जिग्लर, ३७, स्वीजरल्याण्डको बर्गनमा रहेको एउटा पहाडी थुम्कोमा पुग्नलाई निस्केका थिए । तर उनी निकै माथि आइसकेपछि थाहा भयो, न त अघि जाने बाटो छ न त पछाडि नै र्सन सकिन्छ ।

तर विकसित देश भएको हुनाले उनले पहाडको टाकुरबाट पनि आफ्नो मोबाइलबाट प्रहरीलाई गुहार्न सके । त्यसपछि ठूलो वजन पनि बोक्न सक्ने हेलिकप्टरले उनको गाडी र उनी दुवैलाई उद्धार गर्न भ्यायो ।

"म त्यो बाटोमा यति अघि बढेछु कि अब त राम्रो बाटो आइपुग्ला भन्दाभन्दै खोँचमै पुगेँ", उनले पछि पत्रकारहरुलाई भने- "तर जब कुनै आशा रहेन मैले प्रहरीलाई उद्धारका लागि दुःख दिनुबाहेक मसँग विकल्प नै रहेन ।"

यता प्रहरीको उद्धार टोलीका प्रवक्ताले भने- "उनले फुटपाथमा कुनै चिहृन देखिनँ भनेर त भने तर त्यति साँघुरो बाटोमा भेडाहरु पनि मुस्किलले हिँड्छन्, त्यत्रो ठूलो भ्यानलाई कोचेर भए पनि उति टाढा पुर्‍याउन सक्ने यी चालक कम कुशल चाहिँ होइनन् ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country