Home» Around the World »Weird and Interesting

विद्यार्थीले सकारे चोरी

अमेरिकाको एउटा विश्वविद्यालयमा नैतिकतासम्बन्धी भाषण दिन पुगेका एक प्राध्यापकले अनौठो अनुभव गर्नु पर्‍यो । उनले त्यहाँ नैतिकतासम्बन्धी भाषण आफ्ना २ सयभन्दा बढी विद्यार्थीहरुलाई दिइसकेपछि त्यहाँ उपस्थित विद्यार्थीहरुले आफूले परीक्षामा पास हुनका लागि चोरी गरेको सकारेका छन् ।

प्रोफेसर रिचर्ड क्विनले यो अवस्था आफैँले देख्नुपर्ला भनेर सोचेका पनि थिएनन् । उनले नै पढाएका विद्यार्थीले उनकै परीक्षा दिँदा चोरेको भनी विद्यार्थीहरुले सकारेका थिए ।

प्राध्यापक क्विनले आफ्नो भाषण युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामा दिएका थिए, जसलाई एक विद्यार्थीले युट्युबमा समेत पोस्ट गरिदिएका थिए ।

"मैले विद्यार्थीहरुलाई पढाउन थालेको २१ वर्षभयो र यतिञ्जेलसम्म करिब १० हजारभन्दा बढी विद्यार्थीलाई पढाइसकेँ हुँला !" उनले विद्यार्थीहरुका माझ भने- "मलाई पढाउन त सबै रमाइलो लाग्छ, तर एउटा पाठ चाहिँ मलाई कहिल्यै पढाउन मन लाग्दैन । त्यो पाठ हो, नैतिकताको । नैतिकताको पाठ मैले जतिसुकै पढाए पनि अघिल्तिर मान्छेले सुन्छ र उडाइदिन्छ मात्र होइन, सुनेकै केही समयभित्र नैतिकहीन काम गरिदिन्छ । त्यसैले मलाई यो कहिल्यै पढाउन मन लाग्दैन ।"

"आज म तपाईंहरुलाई जे पढाउन गइरहेको छु, त्यो पढ्नेलाई पनि कडा छ र पढाउनेलाई पनि कडा", उनले आफ्नो भाषण सुरु गर्नुअघि भने- "र, कतिपय कुरा त म आफ्नो कानले सुन्नु नपरोस् भन्ने पनि चाहन्छु ।"

त्यहाँ भाषण सुनिरहेका २ दर्जनभन्दा बढी विद्यार्थीहरुले जीवनमा, पढाइमा र सामाजिक सम्बन्धमा पनि नैतिकहीन काम गरेको सकारेका थिए ।

रमाइलो त के भइदियो भने, यो भाषण र विद्यार्थीहरुको स्वीकारोक्ति युट्युबमा पोस्ट हुँदा संसारभरका हज्जारौँ दर्शकहरुले प्राध्यापकको भाषणलाई रुचाएका थिए र जुन प्रतिक्रिया आयो, त्यसबाट अभिभूत हुँदै प्राध्यापक क्वीनले भने- "विश्वभरमा यो भाषणको यति मज्जाले हल्ला होला भन्ने मलाई लागेकै थिएन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: