गज्जबको लण्डन
अहिले जसले पनि ३६०सिटीजडटनेटमा गएर लण्डनका फोटोहरु हेर्यो, त्यसले नभनी रहनै सक्तैन- गज्जबको लण्डन ! किनभने यहाँ अहिले संसारकै सबैभन्दा बढी डेफिनेसन भएको लण्डन शहरका फोटाहरु राखिएका छन् । यी तश्वीरहरु यति प्रष्ट छन् कि एउटा घरको झ्यालमा नाङ्गै उभिएकी एउटी महिलासमेत देखिएकी छिन् ।

द लण्डन गिगापिक्सेल प्रोजेक्टले ६ साता लगाएर खिचेका यी तश्वीरका लागि विशेष रुपमा बनाइएको कम्प्युटर, त्यस्तै किसिमको सफ्टवेयर र फुजित्सु कम्पनीले बनाएको सेल्सियस वर्कस्टेशन नामक क्यामेरा प्रयोग गरिएको थियो । कम्प्युटरमा चाहिँ ६-कोर सीपीयू, १९२ जीबीको र्याम र ४ जीबीको ग्राफिक कार्ड रहेको छ ।
यो क्यामेरा र कम्प्युटर मिलेर ७,८८६ को हाइ रिजोलुसनको फोटोहरुमा ८० करोड पिक्सेल रहने गरेको बताइएको छ ।
३६०सिटिजडटनेटका प्रवक्ता ब्रुस पेल्स भन्छन्- "यी फोटोहरु ३ दिन लगाएर जेप|mी मार्टिनले खिचेका हुन् । लण्डनको सेन्टर प्वाइन्टबाट खिचिएका यी तश्वीरहरु शहरमा देखिने हरेक चिजबिज प्रष्ट देखिएका छन् । कति प्रष्ट देखिएका छन् भने एक जना महिला आफ्नो झ्यालमा नाङ्गै घाम तापिरहेको पनि प्रष्ट देखिएको छ ।"
"तर हामीले फोटोसप प्रयोग गरी ती महिलालाई त्यहाँबाट हटाइदियौँ", उनले हाँस्दै भने- "नत्र हामीले मुद्दा खेप्नुपर्ने हुन सक्थ्यो ।"
खिचिएको फोटोमा ती महिलालाई हटाइए बाहेक अन्य सबै कुरा वास्तविक भएको उनले बताएका छन् । उक्त तश्वीरमा विभिन्न स्तम्भ, घरहरु, ठूल्ठूला आकाश छुने घरहरु, घरहरु, पसलहरु, कार्यालयहरु र सडकहरु प्रष्ट देखिएका छन् ।
तश्वीरमा हजारौँ मान्छेहरुलाई प्रष्ट देख्न सकिन्छ । यस्तो किसिमको तश्वीर यसअघि न नलिइएको थियो, न त लिइने नै छ भन्ने दाबी यसका आयोजकहरुको छ । |