Home» Around the World »Weird and Interesting

बेला बबल टेन्टको

बाहिरतिर भ्रमणमा निस्किएका बेला टेन्ट लगाउनु त पर्छ नै तर गाडिएका टेन्टहरु पारदर्शी नहुने हुनाले बाहिरी दृश्यको मजा लिन पाइँदैन । यस्तो किसिमको चिन्तामा डुब्नु भएको छ भने अब त्यसको समाधान निस्किएको छ । पछिल्लो समयममा "बबल टेन्ट" चर्चामा आउन थालेको छ ।



यो टेन्टको सबैभन्दा राम्रो कुरा के हो भने यसबाट तपाईंले आफ्नो चारैतिरको दृश्य हर्ेन पाउनुहुन्छ । यसका निर्माताहरुले प्रकृतिसँग नजिकभन्दा नजिक रहनका लागि यो उपाय सुझाइएको बताएका छन् ।

तर यो सोचेजस्तो सजिलो चाहिँ छैन । यो पारम्परिक पहाड भ्रमणमा जानेजस्तो सजिलो चाहिँ छैन किनभने यो त एउटा सानोतिनो होटलको कोठाजस्तो छ र निकै गह्रुँगो पनि छ ।

प|mान्समा निकै चर्चामा रहेको यो टेन्टलाई दिनको ४ सय पाउण्डमा भाडामा लिन सकिने बताइएको छ ।

प|mान्सेली डिजाइनर पिरे स्टेफन डुमासले आफ्नो यो नयाँ सिर्जनालाई "अनौठो रात्रिका लागि अनौठो टहरो" नाम दिएका छन् ।

उनी व्याख्या गर्दै भन्छन्- "टेन्टभित्रैबाट खुला आकाश हर्ेर्नु, खुला आकाशमा टिमटिमाउँदा ताराहरु हर्ेन पाउनु, त्यस्तै र्सर्ूय उदाइरहेको र त्यसको अद्भूत अनुभव पाउनु ठूलो कुरा हो । यस्तो अनुभव तारे होटलको अनुभवसँगै पाउनु त झनै ठूलो कुरा भयो नि, हैन र -"

उनले आफ्नो यो सिर्जनालाई क्रिस्टल बबल नामाकरण गरेका छन् र यसबाट ३ सय ६० ड्रि्रीको दृश्य हर्ेन सकिन्छ । त्यसो त पहाडी ठाउँमा घुम्न रुचाउने तर आफ्नो निजत्व गुमाउन नचाहेका लागि पनि उनले "कोकुनिङ" टेन्ट डिजाइन गरेका छन् । यसमा चाहिँ बाहिरबाट अरुले आफूलाई नदेख्ने तर भित्रबाट बाहिरका सबै चिज देखिने गरी उनको डिजाइन रहेको छ । आकारतिर भने प्रष्टसँगै दुवैतिरबाट देखिन्छ, अर्थात् भित्रबाट बाहिर र बाहिरबाट भित्र !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country