Home» Around the World »Weird and Interesting

महिलाले अपनाइन पन्ध्र सय कुकुर

चीनकी एक महिलाले आफूले अपनाएका बच्चाजस्ता कुकुरको हेरचाहका लागि नियमित रुपमा गरिरहेको काम पनि त्यागेकी छिन् । हा वेन्जिनले कुकुरहरुको हेरचाहका लागि मज्जाले चलिरहेको व्यापार करियर मात्रै त्यागिनन्, कुकुरकै सेवाका लागि कार र घर बेचिन् । आफूले लगाउने गहनागुरिया बेचेर कुकुर संरक्षण केन्द्र खोलेकी छिन् । उनको उक्त केन्द्र नानजिङ प्रान्तको ताङक्वान काउन्टीमा रहेको छ ।



'शुरुमा त मैले यो फर्ूसदमा गरिने रमाइलो काम ठानेकी थिएँ', उनले भनिन्- 'तर जसै सडकमा परित्यक्त कुकुरहरुलाई भेला पार्दै जाँदा मैले तिनलाई पूरै समय दिनुपर्ने भयो ।'

उनले कुकुरहरुको हेरचाहका लागि थप १० जना कामदारहरुलाई जागीर दिएकी छिन् । कुकुरहरुलाई हेरचाह गर्ने क्रम बढ्दै जाँदा आफूजस्तै बिरालाप्रेमीहरुका लागि भनेर उनले नजिकै २ सय बिरालाहरु पाल्न मिल्ने अर्को केन्द्र पनि खोलेकी छिन् । बिराला हर्ेनका लागि थप दर्ुइ जनाले सघाइरहेका छन् ।

सडकका कुकुरहरुलाई पाल्ने कुरालाई लिएर स्थानीय सरकारी अधिकारीहरुलाई उति चित्त चाहिँ बुझेन । अहिले उनले कुकुरहरुको हेरचाह गर्नका लागि जुन ठाउँ छुट्याएकी छिन्, त्यो ठाउँ छाड्न स्थानीय अधिकारीहरुले दवाव दिइरहेका छन् । 'अहिले म मानव बस्ती नभएका एकान्त ठाउँ खोजिरहेको छु', उनले थपिन्- 'हुन पनि पन्ध्र सय कुकुरहरु मान्छेको बस्तीबीचमा भुक्न थाले भने खपिसक्नु त अवश्य नहोला ।'

उनको यो कामलाई रुचाउने कतिपय व्यक्ति र संस्थाहरुले उनलाई रकम सहयोग गरिरहेका छन् । पैसा निकै कम हुने र अरुको भर पर्नुपर्ने हुनाले उनले धेरै शहरबासीहरुलाई कुकुरका लागि खाना ल्याइदिन आग्रह गर्ने गरेकी छिन् । कुकुरलाई सुँगुरको मासु निकै मनपर्ने हुनाले 'पोर्क बन' ल्याइदिन शहरबासीहरुलाई अनुरोध गर्ने गर्छिन् ।

गएको ४ डिसेम्बरमा थप ४ बस कुकुरहरु थपिएपछि तिनलाई के खुवाउने होला भनेर उनी चिन्तित हुन थालेकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: