धन्न जोगियो ज्यान !
एक जना ठूलोखाले ट्रक -लरी) चालकले सडकको भ्रममा अन्तै ट्रक कुदाएपछि झन्नै दर्ुघटना हुन पुग्यो । तर चालकले चाहिँ आफ्नो ट्रकको ब्रेक फेल भएका कारण ट्रक सडक छाडेर अन्तै दगुरेको बताएका छन् । ४० टनभन्दा बढी कोइला बोकेर बेपत्तासँग हुइँकिरहेको उक्त लरी दक्षिण-पश्चिमी क्विङझेनस्थित कोइलाखानीबाट निस्किएलगत्तै दर्ुघटनामा परेको थियो ।

पर्ूण्ा रुपमै दर्ुघटना हुने ठानिसकेपछि चालकले कोइला खानीले बनाएको सुरक्षा घेरामा लगेर ट्रकलाई ठोक्काइदिएका थिए । माटो र बालुवाको उक्त सुरक्षा घेरामा ठोक्किएपछि ट्रकको गति कम हुँदै तल र्झनबाट बचेको थियो । आफ्नो ज्यान गइसक्यो भन्ने ठानेका ट्रक चालकले नाफाको जिन्दगी पाएकोमा खुसी व्यक्त गरेको प्रहरी प्रवक्ताले जनाएका छन् । |