Home» Around the World »Weird and Interesting

जीवनभरको कमाई कारको छतमा

बेलायतको एस्सेक्स निवासी एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले आफ्नो जीवनभरको कमाई कारको छतमा राख्दा ८० हजार पाउन्ड गुमाउन पुगेका छन् । उनले कारको छतमा ठूलो पोको राखेका थिए तर कार चलाउँदै गर्दा त्यो पोको कहाँ खस्यो भन्ने नै थाहा पाउन सकेनन् ।



६८ वषर्ीय नाम नखुलाइएका ती व्यक्ति बैंकलाई विश्वास गर्दैनथे । उनले आफ्नो पैसा जहिले पनि घर र अफिसमै राख्ने गरेका थिए ।

यी बूढाका नातिले आफ्ना हजुरबाको रकमको खोजिनीति गर्न थालेको चाल पाएपछि उनले आफूसँगै त्यो पैसा घर लैजाने र घरबाट अफिस लैजाने गरेका थिए ।

'मेरो कार्यालय र घरको दूरी उति टाढा छैन', उनले भने- 'कारबाट अफिस जाँदै गर्दा १० फिटभन्दा टाढा नगई पैसा खस्यो भन्ने त थाहा पाएँ तर थाहा पाउँदा निकै ढिला भइसकेको थियो किनभने मैले मध्य दिउँसो मात्र थाहा पाएको थिएँ । कहाँनेर खस्यो होला भनेर मैले आँखा लगाइरहेको थिएँ ।'

६ बजेर २० मिनेट उनी अफिसका लागि निस्किएका थिए । तर पैसा हरायो भन्ने थाहा पाएपछि उनी पुनः घर फर्किए र कहीँ पो राखेँ कि भन्दै खोज्न थाले ।

'पछि मलाई महसूस भयो, पैसाको पोको त मैले कारको हूटमा राखेको थिएँ र पक्कै पनि हरायो', उनले भने ।

अझै पनि घर रंग्याउने काम गरिरहेका उनले हरेक वर्ष२ हजार पाउन्ड जम्मा गर्ने गर्दछन् । 'जसले फेला पारेको हो, कृपया मलाई फिर्ता गरिदिनु होला', डेली मेल पत्रिकासँग उनले भने ।

'पैसा फिर्ता आउला भन्ने उति आशा त छैन तर यदि फिर्ता दिने कोही व्यक्ति आयो भने उसले पुरस्कार त अवश्य पाउनेछ', उनले पत्रिकालाई बताएका छन् ।

यता प्रहरीले पनि पैसाको व्यापक खोजी गरिरहेको बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,