Home» Around the World »Weird and Interesting

गुगल गल्ली घुमाइमा समस्या

जर्मनीका केही घरधनीहरुले गुगलको स्टि्रट भ्यूमा आफ्नो घर देखिएको भन्दै उजूरी गरेका छन् । उनीहरुले गुगल गल्ली हर्ेर्ने क्रममा आफ्नो घरको समेत पर््रदर्शनीले चोरहरुलाई चौतारो साबित हुने भएकाले गुगलले आफ्ना घरहरु हटाउनुपर्ने उनीहरुको जोड छ ।



गुगलले भने स्थानीयबासीको यो मागलाई नाइँनास्ती गरेको भने छैन । उसले जसले आफ्नो गुगल स्टि्रट भ्यूमा देखियो भनेर गुनासो गरेका छन्, तिनको घरलाई धमिलो पारिदिएको छ ।

हालै जर्मन सरकारले स्थानीयबासीहरुले रुचाएको खण्डमा गुगल भ्यूमा आफ्नो घर नदेखाउन सक्छन् भन्ने निर्ण्र्ाागरेयता केही जनताले चाहिँ गुगलको उछित्तो काढिने गरी विरोध गरिरहेका छन् । अहिलेसम्म २ लाख ५० हजारभन्दा बढी जर्मनहरुले गुगललाई आफ्नो घर धमिलो पारिदिन अनुरोध गरिसकेका छन् । उनीहरुले यो अनुरोध जर्मन सरकारले उक्त निर्ण्र्ाासुनाउनुअघि नै गरेको बीबीसीले जनाएको छ ।

यता गुगलका प्रवक्ताले चाहिँ मान्छेले आफ्नो गोपनीयताको अधिकार उपभोग गर्न पाउने हुनाले गुगलले पनि तिनको गोपनीयतालाई सम्मान गर्ने बताएका छन् । तर स्टि्रट भ्यूकै कारणले घरमा चोरी हुनु संयोग मात्र हुनसक्ने तर चोरलाई चौतारो नै नबनाएको उनको कथन छ ।

गुगल स्टि्रट भ्यू खिच्न थालेयता नै अनौठा घटनाहरु चित्रमा कैद हुन पुगेका छन् । जस्तो किः एक कार चालक नाङ्गै कारबाट निस्किरहेको खिचिएको छ भने झ्यालभित्र आफ्नो घरमा नुहाउँदै गरेकी महिलाको फोटोसमेत निस्किएको छ । अर्कोतर्फबच्चा जन्मिदै गरेको फोटो पनि खिचिएको छ । तर यस्ता घटनामा गुगलले चाहेर भएको नभई अकस्मात खिच्दाखिच्दै घटेको घटना भनी आफ्नो बचाउ गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: