Home» Around the World »Weird and Interesting

बार्बी क्यालेन्डरलाई मुद्दा

बार्बी नामक यौनप्रधान गुडियाका निर्माता कम्पनीले केही कलाकारलाई मुद्दा हालेका छन् । कलाकारहरुले नग्न बार्बीहरुलाई क्यालेन्डरमा निकालेका थिए भने तिनलाई समलिङ्गीका रुपमा प्रस्तुत गरेका थिए ।



अर्जेन्टिनाको ब्यर्ुनर्सआयर्स निवासी ब्रनो कोस्टा र गिर्ल्हर्म सोजाले यस्तो क्यालेन्डर बनाएका थिए । बार्बीका वास्तविक मालिक मेटेलले म्याचबक्ससँग मिलेर बार्बीको गुडिया बनाउँदै आइरहेका छन् । तर यी कलाकारहरुले बार्बीजस्तै आकारका गुडियाहरु बनाई तिनीहरु यौन क्रियाकलापमा लिप्त भएको क्यालेन्डर बनाएका थिए ।

यता कलाकारहरु कोस्टा र सोजाले क्यालेन्डर बनाउनु सेक्समाथिको तीखो टिप्पणी भएको बताउँदै आएका छन् । उनीहरुको धारणा छ- सेक्सलाई समाजले कसरी हरेक कोणबाट व्यापारिक बनाइरहेको छ भन्ने देखाउनु हाम्रो उद्देश्य थियो ।"

यता मेटेलका युरोपेली प्रवक्ता डा. स्टिफनी वेग्नरले चाहिँ क्यालेन्डरसँग आफ्नो लेनदेन नभएको न त त्यो बेचेर आएको नाफामा आफूले हक जताएको बताएकी छिन् । उनले थपिन्- "तर हाम्रो मुख्य असन्तोष चाहिँ जसरी बार्बीलाई समलिङ्गी क्रियाकलापमा लिप्त देखाइएको छ र त्यो गुडियामा हाम्रो कम्पनीको लोगो जसरी टाँसिएको छ, त्यसमा मात्र हो ।"

उनले कलाकारहरुविरुद्ध मुद्दा हाल्ने तयारी भइरहेको पनि बताएकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: