सभासद्को नाममा श्राद्ध
संविधानसभाका सदस्यहरूले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेको भन्दै बर्दियाका एक जनाले सभासदहरूको श्राद्ध सुरु गरेका छन् ।
बर्दियाको गुलरिया-६ का राकेशकुमार शर्माले सभासदहरूको मृत्यु भएको भन्दै बुधबार नेपालगन्जको धम्बोझी चोकमा सातौ महिनाको श्राद्ध गरेका हुन् । सभासद्हरूले जनतालाई पटक-पटक झुक्याइरहेको, महँगी बढिरहे पनि त्यसको नियन्त्रण गर्नेतर्फ चासो नदिएको लगायतका आरोप शर्माले लगाएका छन् ।
उनले संविधान नबन्दासम्म आफूले सभासद्हरूलाई खबरदारी गरिरहने बताएका छन् । साथै शर्माले वार्षिक श्राद्ध संविधानसभा भवन नयाँ बानेश्वरमा गर्ने बताएका छन् । |